२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

तेश्रो दिनको खेलमा सप्तरी र पर्सा विजय :मिथिला कप क्रिकेट प्रतियोगिता

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

राजविराज, ९ कातिक ।
युवा शक्ति क्लव विष्णुपुर, द्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको तेश्रो दिनको खेलमा सप्तरी र पर्सा विजय भएका छन् ।
छिन्नमस्ता क्रिकेट कल्ब सप्तरी र बोटसोन क्रिकेट एकेडेमी झापा बिच भएको प्रतिस्पर्धामा झापाले टस जितेर ब्याटिंग गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रन बनाउन सफल भए । उक्त खेलमा विराट धनिले ३९ बलमा २९ रन, दिपु भुजेलले २९ बलमा १७ रन र मनोज तामांगले २१ बलमा १५ रन बनाएर झापा टिमका लागि योग्दान दिएका थिए ।
यता सप्तरी टिमबाट अदिल अंसारीले ३ ओभरमा ३ विकेट र उपेन्द्र रायले ४ ओभरमा २ विकेट हात पारेका थिए ।
सोही खेलमा आफ्ना लक्ष्य पुरा गर्न मैदानमा उत्रेका सप्तरीका टिमले १७ ओभर २ बल खेल्दै ६ विकेट गुमाएर १ सय ३ रन बनाउदै जित हाँसिल गरे । उक्त खेलमा हसिम अंसारीले १८ बलमा २७ रन, अदिल अंसारीले १७ बलमा २६ रन, र रोहन विकेले ३० बलमा १८ रन सप्तरी टिमकालागि योगदान दिएका थिए । यता झापा टिमका करमानले ३ ओभर २ बलमा २ विकेट र मनोज र विनितले ४/४ ओभरमा १/१ विकेट हात पारेका थिए । उक्त खेलको म्यान अफ दि म्याच छिन्नमस्ता क्रिकेट कल्व सप्तरी टिमका अदिल अंसारीलाई घोषणा गरिएको थियो ।
सोही प्रतियोगिताको दोश्रो चरणको खेलमा युनाइटेस क्रिकेट कल्व पर्सा र रोयल क्रिकेट एकेडेमी, धनुषा बिच भएको खेलमा पर्साले टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ३७ रन बनाउन सफल भए ।
सोही खेलमा १ सय ३८ रन बनाउने लक्ष्य लिएर मैदानमा उत्रिएका धनुषा टिमले सम्पुर्ण ओभर खेल्दै ७ विकेट गुमाएर १ सय २ रन बनाएर पराजित भएको खेलका प्राविधिक उदित यादवले जानकारी दिए ।
उक्त खेलमा पर्सा टिमका स्वइमोन रोइ म्यान अफ दि म्याच घोषित भए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]