२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

तेश्रो दिनको खेलमा सप्तरी र पर्सा विजय :मिथिला कप क्रिकेट प्रतियोगिता

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

राजविराज, ९ कातिक ।
युवा शक्ति क्लव विष्णुपुर, द्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको तेश्रो दिनको खेलमा सप्तरी र पर्सा विजय भएका छन् ।
छिन्नमस्ता क्रिकेट कल्ब सप्तरी र बोटसोन क्रिकेट एकेडेमी झापा बिच भएको प्रतिस्पर्धामा झापाले टस जितेर ब्याटिंग गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रन बनाउन सफल भए । उक्त खेलमा विराट धनिले ३९ बलमा २९ रन, दिपु भुजेलले २९ बलमा १७ रन र मनोज तामांगले २१ बलमा १५ रन बनाएर झापा टिमका लागि योग्दान दिएका थिए ।
यता सप्तरी टिमबाट अदिल अंसारीले ३ ओभरमा ३ विकेट र उपेन्द्र रायले ४ ओभरमा २ विकेट हात पारेका थिए ।
सोही खेलमा आफ्ना लक्ष्य पुरा गर्न मैदानमा उत्रेका सप्तरीका टिमले १७ ओभर २ बल खेल्दै ६ विकेट गुमाएर १ सय ३ रन बनाउदै जित हाँसिल गरे । उक्त खेलमा हसिम अंसारीले १८ बलमा २७ रन, अदिल अंसारीले १७ बलमा २६ रन, र रोहन विकेले ३० बलमा १८ रन सप्तरी टिमकालागि योगदान दिएका थिए । यता झापा टिमका करमानले ३ ओभर २ बलमा २ विकेट र मनोज र विनितले ४/४ ओभरमा १/१ विकेट हात पारेका थिए । उक्त खेलको म्यान अफ दि म्याच छिन्नमस्ता क्रिकेट कल्व सप्तरी टिमका अदिल अंसारीलाई घोषणा गरिएको थियो ।
सोही प्रतियोगिताको दोश्रो चरणको खेलमा युनाइटेस क्रिकेट कल्व पर्सा र रोयल क्रिकेट एकेडेमी, धनुषा बिच भएको खेलमा पर्साले टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ३७ रन बनाउन सफल भए ।
सोही खेलमा १ सय ३८ रन बनाउने लक्ष्य लिएर मैदानमा उत्रिएका धनुषा टिमले सम्पुर्ण ओभर खेल्दै ७ विकेट गुमाएर १ सय २ रन बनाएर पराजित भएको खेलका प्राविधिक उदित यादवले जानकारी दिए ।
उक्त खेलमा पर्सा टिमका स्वइमोन रोइ म्यान अफ दि म्याच घोषित भए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]