२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

धनुषाको १७ स्थानीय तहमा भ्रष्टाचार विरुद्ध जनमत पार्टीको मोटरसाइकल जुलुस

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ कार्तिक।डा .सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध मंगलबार धनुषाको १७ वटा स्थानीय तहमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको छ ।

जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत धनुषाको कमला नगरपालिका,जनकनन्दनी गाउँपालिका,सहिद नगरपालिका ,मिथिला नगरपालिका ,क्षिरेश्वरनाथ नगरपालिका ,गणेशमान चारनाथ नगरपालिकालगाइत जिल्लाका १७ वटा स्थानीय तहमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको पार्टीका धनुषा सहसचिव नवीन पण्डितले बताए ।

उनका अनुसार पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले पूर्वनिर्धारित कार्यक्रमअनुसार आज दोस्रो दिन पालिका स्थानीय मोटरसाइकल जुलुस प्रदर्शन गरेको छ ।

उनिहरु ‘भ्रष्ट सरकार मुर्दाबाद,हाम्रो माग पूरा गर,हाम्रो कार्यकर्तालाई रिहा गर,जनमत पार्टी जिन्दावाद ,डा सीके राउत जिन्दावाद ,भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नाराहरु लगाएको थिए।

गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले जनकारबाही गरेपछि प्रहरीले जनमतका १७ जना नेताकार्यकर्तालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

आम जनता र जनमतका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]