२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

पूर्वराज्यमन्त्री मण्डलले फिर्ता गरेनन् फ्रिज र वासिङ्ग मेसिन, जनकारवाहीको सम्भावना

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

न्यूजमधेश डेस्क

जनकपुरधाम,९ कार्तिक । काम गर्न नसकेको भन्दै नालायक घोषणा गरी पदच्युत गरिएका प्रदेश २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गरेका छैनन्।

महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रदेश २ को राज्यमन्त्री भएका मण्डललाई उपेन्द्र यादव समूहले काम कार्यक्षमता अभाव अर्थात नालायक रहेको भन्दै कारवाही गरी सरकारबाट हटाएको थियो।

मण्डललाई राज्य मन्त्रीबाट पदत्युत गरिएपनि उनले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन मन्त्रालयको स्टोर शाखामा नबुझाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको स्टोर शाखाका अनुसार पूर्वराज्य मन्त्री मण्डललाई मन्त्री क्वाटरमा प्रयोगका लागि खरिद गरिदिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गर्न बारम्बार ताकेता गरेपनि हालसम्म उनले फिर्ता गरेको छैन। जनताको करबाट खरिद गरिएको सामान फिर्ता नगरी अन्यत्रबाट पैसा मिलानी गरिदिन मन्त्रालयका विभिन्न कर्मचारीलाई मण्डलले दबाब दिएको मन्त्रालय स्रोतको दाबी छ।

मन्त्रालयका एक कर्मचारीका अनुसार मण्डलले कर्मचारीहरुलाई धम्की दिदै भनेका छन्,‘त्यो सामानहरुको रकम अन्यत्रबाट मिलाउ। मलाई उपेन्द्र यादवले पुनः मन्त्री बनाउँदैछ। मैले हेर्दैछु तिमीहरुले अटेर गर्दैछौ। म फेरी मन्त्री हुँदैछु तिमीहरु विचार गर है।’
सिरहाको लहानमा वन कार्यालयबाट प्राप्त पेट्रोल आफ्नो गाडीमा नहाली पेट्रोलको कुपन बेचेको भन्दै पूर्वराज्यमन्त्री मण्डल विवादमा परेका थिए।

यसैबीच सिरहा कल्याणपुरका सन्तोष मण्डलले पूर्वराज्यमन्त्री मण्डललाई जनकारवाहीको चेतावनी दिएका छन्। जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन प्रदेश २ सरकारलाई फिर्ता नगरिए पूर्वराज्यमन्त्री मण्डललाई जनकारवाही गर्ने चेतावनी उनले दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]