२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

राजश्व कार्यालय अगाडि नै सेवाग्राही ठगीदै

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० कार्तिक । आन्तरिक राजश्व कार्यालय अगाडिका अनलाईन फारम भर्नेहरुले सेवाग्राहीलाई ठगी गर्दै आएको तथ्य खुलेको छ ।

सेवा वापतको रकम लिए पनि उनीहरुले बिल नदिने र मनोमानी तरिकाले व्यक्ति पिच्छे फरक फरक फारम भर्ने दस्तुर लिने गरेका छन् । घरेलु कार्यालयमा उद्योगमा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमै प्यानमा दर्ता भएका दर्जनौ अनलाईन गर्ने फर्मले सेवाग्राहीलाई ठगी गर्दै आएका छन् । उनीहरुले सो वापत लिएको दस्तुरको राजश्व समेत छल्ने गरेका छन् ।

हरि ॐ ईन्टरनेट सर्भिस, एलिजा ईन्टरनेट सेवा डीके ईन्टरनेट सेवा लगायतका दर्जन भन्दा बढी अनलाईन फर्म राजश्व कार्यालय अगाडि नै संचालनमा छ । ती फर्महरुले व्यक्तिगत प्यानको अनलाईन फारम भर्ने, राजश्व तिर्न जाँदा चाहिने आवश्यक कागजातको कामहरु गर्दै आएको छ । व्यक्तिगत प्यानमा दर्ताको लागि अनलाईन फारम भरे वापत एकदेखि पाँच सयसम्म दस्तुर लिने गरेका छन् ।

सचेतनाको अभावमा बिल माग नगर्नु ‘थोरै रकम त हो’ भनेर मतलब नगर्नु जस्ता कारणले अनलाईन फर्महरुलाई मनोमानी गरिरहेको राजश्व कार्यालयका कर्मचारीहरुको कथन छ । यस सम्बन्धमा अहिलेसम्म कुनै गुनासो नआएको आन्तरिक राजश्व कार्यालय जनकपुरधामका प्रमुख गजेन्द्र यादवले बताए ।

यता जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले यस्तो क्रियाकलाप गर्नेहरुलाई राजश्व कार्यालयले कारवाही गर्नुपर्ने बताए ।

उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कडा कारवाही गर्न सकिनुपर्छ, सहायक प्रजिअ कर्णले भने–‘ सेवाग्राहीले गुनासो लिएर आउनुपर्छ ।’ अहिलेसम्म यस्तो गुनासो नआएको सहायक प्रजिअ कर्णले बताए ।जनकपुर टुडेबाट लिएको समाचार हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]