२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

राजश्व कार्यालय अगाडि नै सेवाग्राही ठगीदै

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० कार्तिक । आन्तरिक राजश्व कार्यालय अगाडिका अनलाईन फारम भर्नेहरुले सेवाग्राहीलाई ठगी गर्दै आएको तथ्य खुलेको छ ।

सेवा वापतको रकम लिए पनि उनीहरुले बिल नदिने र मनोमानी तरिकाले व्यक्ति पिच्छे फरक फरक फारम भर्ने दस्तुर लिने गरेका छन् । घरेलु कार्यालयमा उद्योगमा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमै प्यानमा दर्ता भएका दर्जनौ अनलाईन गर्ने फर्मले सेवाग्राहीलाई ठगी गर्दै आएका छन् । उनीहरुले सो वापत लिएको दस्तुरको राजश्व समेत छल्ने गरेका छन् ।

हरि ॐ ईन्टरनेट सर्भिस, एलिजा ईन्टरनेट सेवा डीके ईन्टरनेट सेवा लगायतका दर्जन भन्दा बढी अनलाईन फर्म राजश्व कार्यालय अगाडि नै संचालनमा छ । ती फर्महरुले व्यक्तिगत प्यानको अनलाईन फारम भर्ने, राजश्व तिर्न जाँदा चाहिने आवश्यक कागजातको कामहरु गर्दै आएको छ । व्यक्तिगत प्यानमा दर्ताको लागि अनलाईन फारम भरे वापत एकदेखि पाँच सयसम्म दस्तुर लिने गरेका छन् ।

सचेतनाको अभावमा बिल माग नगर्नु ‘थोरै रकम त हो’ भनेर मतलब नगर्नु जस्ता कारणले अनलाईन फर्महरुलाई मनोमानी गरिरहेको राजश्व कार्यालयका कर्मचारीहरुको कथन छ । यस सम्बन्धमा अहिलेसम्म कुनै गुनासो नआएको आन्तरिक राजश्व कार्यालय जनकपुरधामका प्रमुख गजेन्द्र यादवले बताए ।

यता जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले यस्तो क्रियाकलाप गर्नेहरुलाई राजश्व कार्यालयले कारवाही गर्नुपर्ने बताए ।

उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कडा कारवाही गर्न सकिनुपर्छ, सहायक प्रजिअ कर्णले भने–‘ सेवाग्राहीले गुनासो लिएर आउनुपर्छ ।’ अहिलेसम्म यस्तो गुनासो नआएको सहायक प्रजिअ कर्णले बताए ।जनकपुर टुडेबाट लिएको समाचार हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]