२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

पाँच वर्षमाथिका बालबालिकालाई अमेरिकामा कोरोनाविरुद्धको खोप

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

वाशिङ्टन– पाँचदेखि ११ वर्षका बालबालिकालाई फाइजर÷बायोएनटेक खोप दिनका अमेरिकी सरकारको एउटा प्यानलले लागि सिफारिस गरेको छ । बीबीसीका अनुसार अमेरिकी खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले मंगलबार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो । सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले खोप परीक्षणपछि पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि खोप सुरक्षित रहेको दाबी गरिएको थियो ।
यो निर्णयले एफडीएको दुई करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुने जनाइएको छ। अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले थप अनुमति दिनुपर्ने छ।
ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने बताइएको छ। अमेरिकाका पाँच वर्षभन्दा माथिका बालबालिकालाई नोभेम्बर ३ देखि सुरु हुने बताइएको छ। कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए।
अमेरिकाले १२ वर्षमाथिकालाई यसअघि नै फाइजर खोप दिन थालेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]