२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

पाँच वर्षमाथिका बालबालिकालाई अमेरिकामा कोरोनाविरुद्धको खोप

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

वाशिङ्टन– पाँचदेखि ११ वर्षका बालबालिकालाई फाइजर÷बायोएनटेक खोप दिनका अमेरिकी सरकारको एउटा प्यानलले लागि सिफारिस गरेको छ । बीबीसीका अनुसार अमेरिकी खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले मंगलबार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो । सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले खोप परीक्षणपछि पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि खोप सुरक्षित रहेको दाबी गरिएको थियो ।
यो निर्णयले एफडीएको दुई करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुने जनाइएको छ। अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले थप अनुमति दिनुपर्ने छ।
ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने बताइएको छ। अमेरिकाका पाँच वर्षभन्दा माथिका बालबालिकालाई नोभेम्बर ३ देखि सुरु हुने बताइएको छ। कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए।
अमेरिकाले १२ वर्षमाथिकालाई यसअघि नै फाइजर खोप दिन थालेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]