२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

गुणस्तरहीन भन्दै सडक ढलान कार्य युवाहरुले गरे अवरोध

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ कार्तिक।जनकपुरधाम– ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका –७ स्थित सडक ढलान कार्यलाई गुणस्तरहीन बताउँदै स्थानीय युवाहरुले अवरोध गरेका छन् ।

युवाहरुको विरोध पछि निर्माण कार्य बुधबार रोकिएको छ । ईस्टिमेटमा ८ ईन्च मोटो ढलान उल्लेख रहेपनि ७ ईन्च मात्र ढलान गरेको, एक, डेढ र तीनको भागमा केमिकल सहित कंक्रिट ढलान हुनु पर्नेमा ९ गिट्टी ,४ बालुवा तथा १ बोरा सिमेन्ट मिसाएर ढलान गरिएको भन्दै उनीहरुले ढलान कार्यमा अवरोध पुर्याएका छन् ।

डिभिजन सडक कार्यालय मुजेलियाको योजना अन्तर्गत राजमार्गदेखि गाउँपालिका अस्पताल सम्मको चार सय मिटरमा आरसीसी ढलान गर्न लागिएको साईट ईन्जिनियर शम्भु मोचीले जनाए ।

२० सेन्टिमिटर मोटाई ,६ मिटर चौडाई तथा चार सय मिटर सडकमा ढलान गर्नु पर्ने ईस्टिमेट अनुसार नै काम भईरहेको ईन्जिनियर मोचीले दावी गरे ।

स्थानीय युवाहरुको अवरोध पछि ढलान कार्य स्थगित गरिएको र बिहीबार काम सुचारु गर्न स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरुसंग छलफल गरी काम अघि बढाईने मोचीले थपे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]