२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

भ्रष्टाचार विरुद्ध जनमतको प्रदर्शन

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

न्यूजमधेश डेस्क
गौर ,११ कार्तिक। डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले रौतहट जिल्लाको राजदेवी नगरपालिकासहित विभिन्न नगरपालिकामा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् ।

जनमत पार्टीका पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत कार्यकर्ताहरुले नगरपालिका कार्यालयको मुख्य गेटमा नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

जनमत पार्टीका कार्यकर्ता विरुद्ध शुरु भएको आन्दोलनको विपक्षमा जनमत पार्टीले प्रदेश २ को विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्ध र पक्राउ परेका आफ्ना १७ जना कार्यकर्तालाई रिहाइ गर्न दवाव सृजना गर्ने उदेश्यले आन्दोलनमा उत्रेका हुन् ।

नगर अध्यक्ष प्रभु यादवको नेतृत्वमा रहेको कार्यकर्ताहरुले भ्रष्टाचार बन्द गर जस्ता नारा लगाउदै विरोध जनाएका हुन् ।

मुलुकमा संघीयता पछि स्थापना भएको स्थानीय तहमा निकै अनियमितता मौलाएको ठहर गर्दै भ्रष्टाचार निर्मुल पर्ने उदेश्यले जनमत पार्टी लागेको नगर अध्यक्ष यादवले दावी गरे । राज्यको रकम दोहन गर्ने जोकोहीलाई जनकारवाही नै एक मात्र विकल्प रहेको जिकिर उनले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]