२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बजाज युथ र छिन्नमस्ता बरही विजयी: मिथिला कप क्रिकेट प्रतियोगिता

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

राजविराज, ११ कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनकोे खेलमा बजाज युथ क्रिकेट एकेडेमी सप्तरी र छिन्नमस्ता बरही सप्तरी विजय भएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा आज (विहिवार) भएको पहिलो चरणको खेलमा रौतहट एलेभेन टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर ९५ रन बनाउन सफल भए ।
सोही खेलको प्रतिस्पर्धी ९६ रन बनाउने लक्ष्य लिएर मैदानमा उत्रिएका बजाज युथले १३ ओभर ५ बल खेल्दै ७ विकेट गुमाएर ९६ रन बनाउदै जित हाँसिल गरे ।
दोश्रो चरणको खेलमा लहान क्रिकेट कल्ब र छिन्नमस्ता बरही सप्तरी विच भएको खेलमा लहानले टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर १ सय रन बनाए । सोही खेलमा जित हाँसिल गर्ने लक्ष्य लिएर मैदानमा उत्रिकाएका छिन्नमस्ता टिमले १२ ओभरमै ३ विकेट मात्र गुमाएर १ सय ३ रन बनाउदै विजेता घोषित भए । सो खेलमा आदिल अंसारीको विस्फोटक ब्याटिङले छिन्नमस्ता टिम विजय भएको खेलका प्राविधिक उदित यादवले जानकारी दिए ।
आजको प्रतियोगिताको म्यान अफ दि म्याच पहिलो खेलमा बजाज टिमका बिवेक यादव र दोश्रो खेलमा छिन्नमस्ता टिमका आदिल असांरी घोषित भएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]