०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

जनतालाई विकास र समृद्धिको अनुभुती हुन सकेनः महासचिव सिंह

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८

राजविराज, १३ कार्तिक । जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले सप्तरीका जनताले विभिन्न आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेपनि अझै जनतालाई विकास र समृद्धिको अनुभुती हन नसकेको बताए ।
जनमत पार्टी राजविराज नगरपालिकाले आयोजना गरिएको नगर अधिवेशनका कार्यक्रममा बौल्दै उनले यस्तो बताएका हुन् ।
देशमा विभिन्न राजनितिक परिवर्तन भएपनि समाजमा रहेका समस्याहरु अघिका जस्तै रहेको प्रमुख अतिथि सिंहको भनाई थियो । ‘विकाशको नाममा मात्र विनाश भइरहेको बताउदै’ उनले थपे– ‘दुई दिन वर्षा भएपछि सम्पुर्ण सडकको जर्जर अवस्थामा पुग्दछन् ।’
राज्यलाई नयाँ विचार र व्यवस्थाको आवश्यकता रहेकाले, पार्टीका अध्यक्ष डा. सि. के. राउतको नेतृत्वबाट मात्र सम्भव हुने जिकिर गर्दै सबैलाई संगठीत भई एकजुट हुन महासचिव सिंहले आग्रह गरे ।
जनताले चुनावका समयमा पैसा र मासुको प्रलोभनमा परी गलत नेतृत्वलाई चयन गरि ५ वर्षसम्म समस्या खेप्नुपर्ने भएकोले अब हार्न छापमा मतदान गरी जनता राज कायम गर्न उनले अनुरोध समेत गरे । राजविराज स्थित के. अ. माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको अधिवेशन कार्यक्रममा अध्यक्षमा सुजित मण्डल, उपाध्यक्षमा साधना सुमन, जिवछ यादव, सचिवमा रासुन्दर मण्डल, सह सचिव श्याम यादव, कोषाध्यक्ष रामनारायण यादवलगायत ६१ सदस्य समिति गठन गरेका छन् । सोही पार्टीका सप्तरीका उपाध्यक्ष नारायण यादव, राजविराज नगरपालिका १६ का परमानन्द यादव, १४ का हरेकृष्णा मण्डल, ५ का रिजु विनय झा, ताराकान्त यादव, महिला नेतृ पिंकी भगतलगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।
पार्टीका नेता रघु यादवले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सप्तरीका अध्यक्ष चन्देश्वर मण्डल (किसान)ले व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]