१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

उपेन्द्र यादवलाई प्रचण्डको आग्रह,‘पार्टी एकता गरेर महासागर बनाऔँ’

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
सर्लाही,१४ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । अध्यक्ष प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकीकरणको लागि आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले शनिबार सर्लाहीमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’

प्रचण्डले क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुन नसक्ने पनि बताए । ‘म तपाईंहरू (उपेन्द्र यादव र महिन्द्रराय यादव) लाई आग्रह गर्छु( ढिलो नगरी पार्टी एकता गरौँ, ढुक्कै । किन बेकारमा अलग्गै टाकुरो बनाएर बस्ने ? पार्टी एकता गरेर महासागर बनाऔँ,’ उनले भने ।

उनले एकताको प्रक्रिया अघि बढाउन ढिलो नगर्न जसपालाई आग्रह पनि गरे । ‘तपाईंहरू ढिलो नगर्नुस्, तपाईंहरूलाई चाहिने सम्मान र अधिकार दिन हामी कन्जुस्याइँ गर्नेवाला छैनौँ,’ उनले भने, ‘म कस्तो मान्छे हो र माओवादी पार्टी कस्तो हो भन्ने कुरा उपेन्द्र र महिन्द्रजीलाई राम्रोसँग थाहा छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]