१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

उपेन्द्र यादवलाई प्रचण्डको आग्रह,‘पार्टी एकता गरेर महासागर बनाऔँ’

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
सर्लाही,१४ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । अध्यक्ष प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकीकरणको लागि आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले शनिबार सर्लाहीमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’

प्रचण्डले क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुन नसक्ने पनि बताए । ‘म तपाईंहरू (उपेन्द्र यादव र महिन्द्रराय यादव) लाई आग्रह गर्छु( ढिलो नगरी पार्टी एकता गरौँ, ढुक्कै । किन बेकारमा अलग्गै टाकुरो बनाएर बस्ने ? पार्टी एकता गरेर महासागर बनाऔँ,’ उनले भने ।

उनले एकताको प्रक्रिया अघि बढाउन ढिलो नगर्न जसपालाई आग्रह पनि गरे । ‘तपाईंहरू ढिलो नगर्नुस्, तपाईंहरूलाई चाहिने सम्मान र अधिकार दिन हामी कन्जुस्याइँ गर्नेवाला छैनौँ,’ उनले भने, ‘म कस्तो मान्छे हो र माओवादी पार्टी कस्तो हो भन्ने कुरा उपेन्द्र र महिन्द्रजीलाई राम्रोसँग थाहा छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]