२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जनकपुरका मेयर साहको बदमासीले उठेन फोहर ,वडाध्यक्षहरु बने आन्दोलित

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ कार्तिक ।प्रदेश २ का अस्थायी राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको बदमासीले फोहरले दुर्गन्धित बनेपछि वडाध्यक्षहरु आन्दोलनमा उत्रेका छ्न।

मेयर लालकिशोर साहलाई कालोमोसो दल्ने वडाध्यक्ष जानकीराम साहले चेतावनी दिएका छ्न।

दिपावली छठका बेला पनि फोहोर नउठाएपछि आन्दोलन गर्नु परेका वडाध्यक्षहरु बताउछन् ।

वडाध्यक्षहरु जानकीराम साह, दिपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंह लगायतले ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका हुन् ।

प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरु धर्ना बसेका छन् ।

जनकपुरधामका मेयर लालकिशोर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएपछि फोहोर व्यबस्थापनमा समस्या हुने गरेको छ । वडाध्यक्ष जानकीराम साहले तत्कालै फोहोर उठाउन सुरू नगरिए मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिए । वडाध्यक्ष साहले, मेयर लालकिशोर साले महिनाको लाखौं रुपैया खादैँ र फोहर व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]