२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जनमत पार्टीले जसपा अध्यक्ष र इन्जिनियरहरुमाथि गराए उजुरी दर्ता

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ कार्तिक ।सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जनमत पार्टीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले १६ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय परिषद् सदस्य नविन यादव, इन्जिनियरहरू गौरी पण्डित, विजय यादव, सरोज यादव, भवेश मिश्रलगायतमाथि उजुरी दर्ता गराएको जनमत पार्टीले जनाएको छ । पाँच दिनअघि नै उनीहरुविरुद्ध उजुरी दर्ता भए पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

केन्द्रीय सचिवालयमा तोडफोड र आगजनी गरेकाहरूलाई पक्राउ गरेर कारबाही गर्न उजुरी दर्ता गराएको र अडिओ/भिडिओ प्रमाणसमेत प्रहरीमा पेस गरेको डा. राउतले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल प्रहरीले यथाशीघ्र कारबाही गरोस्, अन्यथा आक्रोशित जनताले केही कारबाही गरे हामी जिम्मेवार हुने छैनौं ।’

आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनैतिक पार्टीसँग आबद्ध केही इन्जिनियरहरू समेत संलग्न देखिएको भन्दै काउन्सिलले यथाशीघ्र उनीहरुको लाइसेन्स खारेज गर्नुपर्ने उनको माग छ ।

जसपा धनुषा अध्यक्ष पशुपति यादव र संघीय परिषद् सदस्य नविन यादवले आन्दोलनमा घुसपैठ गर्न खोजेको कुरा आपसमा गरिएको फोन वार्तालापको अडिओसमेत प्रहरीमा पेस गरेको राउतले दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]