०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

सबैलामा भ्रष्टाचार भएको भन्दै स्थानीयबासीले बुझाए ज्ञापनपत्र

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ कार्तिक ।धनुषा जिल्लाको सबैला नगरपालिकामा विभिन्न शीर्षकमा भ्रष्टाचार भएको भन्दै स्थानीयवासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

भ्रष्टाचारविरुद्ध संघर्ष समितिले सबैला नगरपालिकाका नगर प्रमुख विजयशंकर प्रसाद साहलगायतले आर्थिक वर्ष ०७४/०७५ देखि हालसम्म नगरपालिका गरेको विभिन्न कार्य योजनाको किताब र कार्य सम्पन्न योजनाको किताब लगायतका कार्यमा शंकास्पद क्रियाकलापहरुको विषयमा सूचनाको हक अनुसार निवेदन दिएको थियो ।

तर पनि आवश्यक सूचना नदिएपछि अनुचित एवं भ्रष्टाचारजन्य कार्य गरेको भन्दै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार कर्णलाई १९ बुँदे ज्ञापनपत्र बुझाइएको समितिका संयोजक विजयकुमार साहले जनाए ।

उनले सबैला नगरपालिकामा भएको भ्रष्टाचारको यथाशीघ्र छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

स्थानीयवासी कारीप्रसाद यादवले लामो समयदेखि सबैला नगरपालिकाले सूचना लुकाएको भन्दै सर्वसाधारणले पालिकाको बेथिति र भ्रष्टाचारविरुद्ध बाध्यात्मक अवस्थामा ज्ञापनपत्र बुझाएको बताए ।

सोलार लाइट जडानको नाममा रकम निकासा भए पनि लाइट जडान नभएको, कोभिड १९ को नाममा भ्रष्टाचार भएको, विद्यालय बन्द रहेको अवधिमा दिवा खाजाको नाममा भ्रष्टाचार भएको, एउटै सडक दुई–दुई पटक निर्माण गरी रकम निकासा गरेको, बिउवितरणको नाममा रकम निकासा गरेको, विद्यालयमा प्रयोगशाला स्थापनामा रकम खर्च गरिएको तर हालसम्म प्रयोगशाला नै नरहेको आरोप ज्ञापनपत्रमा लगाइएको छ ।

यस्तै, दुर्गापथ सडकको डीपीआरको नाममा रकम निकासा गरी भ्रष्टाचार गरेको, पटेरवा परिक्रमा सडक निर्माणको नाममा भ्रष्टाचार गरेको, औषधि खरिद, गाडी भाडा खर्च, बाख्रा पालनलगायतका योजनामा अनियमितता, सरस एण्ड सुजन कन्स्ट्रक्सन कम्पनीको नाममा बिना बिल भर्पाई गरी रकम अनियमितता गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

भ्रष्टाचार विरुद्ध संघर्ष समितिले आजै महोत्तरीको बर्दिबासस्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको छ ।

सबैला नगरपालिकामा एक महिनाभन्दा लामो समयदेखि सूचना माग्दै एक समूहले नगर प्रमुख विजयशंकार प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, प्राविधिक प्रमुखसमेतको विरुद्धमा रिले अनसन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]