१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

लुम्बिनीमा कठिन चिवर दान

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८

न्यूजामधेश डेस्क
रुपन्देही ,१५ कार्तिक । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसाला रुवाल विराकुनले आज लुम्बिनीमा कठिन चिवर दान गर्नुभएको छ ।

बौद्ध परम्पराअनुसार भिक्षुहरु तीन महिना वर्षवासमा बसेर निस्किएपछि गरिने पवित्र ‘कठिन’ उत्सवअन्तर्गत आज लुम्बिनीमा आयोजना गरिएको विशेष धार्मिक समारोहका बीच उहाँले भिक्षु सङ्घलाई कठिन चिवर दान गर्नुभएको हो । सार्कका महासचिव विराकुनको सहयोगमा लुम्बिनीस्थित राजकीय बुद्ध बिहारले संयोजन गरेको कठिन उत्सवमा नेपालका विभिन्न जिल्लासहित विदेशी मुलुकका बौद्ध उपासक उपासिकाको सहभागिता रहेको थियो ।

तीन महिना वर्षावासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि लुम्बिनीमा दुईदिने कठिन उत्सवको आयोजना गरिएको हो । लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महिना वर्षावासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका २४ जना भिक्षु, गुरुआमालाई बौद्ध परम्पराअनुसार कठिन चिवर दान र अष्टपरिष्कार दान गरिएको थियो ।

कठिन उत्सव समारोहमा बोल्दै सार्कका महासचिव विराकुनले बुद्ध भूमिमा आएर कठिन चिवर दान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले लुम्बिनीको विकास र बुद्ध दर्शनको प्रचारप्रसारका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालमा बुद्ध धर्मको विकासमा श्रीलङ्का र म्यान्माको ठूलो योगदान रहेको बताउँदै यसलाई अझै प्रचारप्रसार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले कठिन चिवर दानको महत्वबारे जानकारी गराउँदै दाताको सहयोगबाटै भिक्षुको जीवन चल्ने बताउनुभयो । उत्सवमा सार्कका महासचिव विराकुनलाई सम्मान गरिएको थियो ।

यस्तै बुद्ध धर्म र दर्शनको प्रचारमा योगदान पु¥याएको भन्दै लुम्बिनीको धर्मस्वामी महाराज बुद्ध बिहार, विभिन्न क्षेत्रमा योगदान पु¥याउने सशस्त्र प्रहरी बेस क्याम्प लुम्बिनी, सशस्त्र प्रहरी नायब उपरिक्षक दर्शन गिरी, राधिका न्यौपाने, राधेश्याम गुप्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रमअघि लुम्बिनीको थाई मन्दिरबाट बृहत् झाँकीसहितको शोभा यात्रा निकालिएको थियो । कठिन उत्सवअन्तर्गत बुधबार राजकीय बुद्ध विहारमा भिक्षु सङ्घबाट परीत्राण पाठ तथा बुद्ध पूजा सम्पन्न गरिएको बौद्ध महिला समितिका सचिव कल्पना हरिजनले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]