२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

रौतहटमा सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

मदन ठाकुर
रौतहट ,१६ कार्तिक । रौतहटमा सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।

रौतहटको दुर्गा भगवती गाउँपालिकाको बडहर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३३ वर्षीय रामनिवास यादवको मृत्यु भएको हो। सोमवार राति ८.१५ बजेको समयमा सर्लाहीको धनकौल वैरिया स्थित घरबाट प्रहरी जवानयादव डिउटीमा फक्रिने क्रममा अपरिचित नम्बरको सवारी साधनको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरबाट कार्यक्षेत्र आउँदै गरेको अवस्थामा बागमति नदीको पुुलमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदाउनको घटना स्थलमै मृत्यु भएको इलाकाप्रहरी कार्यालय गरुडाले जनाएको छ। घटनाबारेजानकारी आएलगतै इलाकाप्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारी नेतृत्वको टोलिघटना स्थलपुगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको बुझिएको छ।

दुर्घटना परी ज्यान गुमाएका प्रहरी जवान यादवको शव पोस्टमार्टमको लागि सदरमुकाम गौर अस्पतालमा राखिएको र प्रहरीलाई ठक्कर दिएर भागेको घटनामा संलग्न रहेको आशंकामा दुईवटा सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपि भण्डारीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]