२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

भ्रष्टाचार विरुद्ध जनमत पार्टीले गरियो : दोस्रो चरणको आन्दोलन घोषणा

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रा चरणको आन्दोलन घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरूद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको डा. राउतले बताएका हुन् ।

आन्दोलन अन्तर्गत दिपावली तथा छठ पर्वलाई लक्षित कार्यक्रम घोषणा गरेको छ । कार्तिक १७ मा टोल टोलमा सरसफाई गर्ने, कार्तिक १८ देखि २६ गतेसम्म डा. सके राउतको जिवनी प्रदर्शन गर्ने र छठ घातमा पर्व अगाडी र पछि सरसफाई गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ ।

सशक्त तेस्रो चरणको आन्दोलनको घोषणा छठ पर्व पश्चात् मंसीर ५ गते गर्ने डा. राउतले बताएका छन् ।

जनकपुरमा भ्रष्टाचार आरोपमा संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई जनकारबाही गर्दा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई र केन्द्रीय सचिवालय तोडफोड गर्ने इन्जिनियरहरुलाई कारबाहीको माग गर्दै जनमत पार्टी चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]