२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

बाढी प्रभावित क्षेत्रमा जनमत पार्टीद्वारा राहत वितरण

Logo
प्रकाशित मंगलबार, आषाढ ३१, २०७६

जनकपुरधाम। डा सीके राउतको नेतृत्व जनमत पार्टीद्वारा लगातार वर्षापछि आएको बाढीले डुवानमा परेका परिवारलाई राहत वितरण गरेको छ।

सिरहा र धुनषा जिल्लाको सिमामा पर्ने कमला नदीको बाढीले अति प्रभावित क्षेत्रमा पर्ने सिरहा जिल्लाको सिरहा नगरपालिका वाड न .६ स्थित रहेको बसपिट्टा गाउँमा मिर्चैया नगरपालिकाको केही व्यपारीहरुको सहयोगमा जनमत पार्टी मिर्चैयाका नगर स्वराजीद्वारा राहत वितरण गरेको छ ।

विनाशकारी बाढीले अस्तव्यस्त बनेको सो बस्तीमा जनमत पार्टी मिर्चैयाले करिब २ सय ५० बढी घरपरिवारलाई राहत दिएको छ ।

कमलाको छर्की भत्काएर गाउँ पसेको बाढीको पानीले खाद्यान्न समेत बर्बाद पारेपछि राहत पर्खिरहेका उनीहरुलाई राहत स्वरुप मुरही, चुरा,चाउचाउ,दालबुट लगायतका खाद्यान्न सामाग्रीसँगै मैनवत्ति समेत वितरण गरिएको जनमतका युवा नेता बलराम सेवकले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]