२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बाढी प्रभावित क्षेत्रमा जनमत पार्टीद्वारा राहत वितरण

Logo
प्रकाशित मंगलबार, आषाढ ३१, २०७६

जनकपुरधाम। डा सीके राउतको नेतृत्व जनमत पार्टीद्वारा लगातार वर्षापछि आएको बाढीले डुवानमा परेका परिवारलाई राहत वितरण गरेको छ।

सिरहा र धुनषा जिल्लाको सिमामा पर्ने कमला नदीको बाढीले अति प्रभावित क्षेत्रमा पर्ने सिरहा जिल्लाको सिरहा नगरपालिका वाड न .६ स्थित रहेको बसपिट्टा गाउँमा मिर्चैया नगरपालिकाको केही व्यपारीहरुको सहयोगमा जनमत पार्टी मिर्चैयाका नगर स्वराजीद्वारा राहत वितरण गरेको छ ।

विनाशकारी बाढीले अस्तव्यस्त बनेको सो बस्तीमा जनमत पार्टी मिर्चैयाले करिब २ सय ५० बढी घरपरिवारलाई राहत दिएको छ ।

कमलाको छर्की भत्काएर गाउँ पसेको बाढीको पानीले खाद्यान्न समेत बर्बाद पारेपछि राहत पर्खिरहेका उनीहरुलाई राहत स्वरुप मुरही, चुरा,चाउचाउ,दालबुट लगायतका खाद्यान्न सामाग्रीसँगै मैनवत्ति समेत वितरण गरिएको जनमतका युवा नेता बलराम सेवकले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]