३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

पुल नबन्दा आवागमनमा समस्या

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८

न्यूजमधेश डेस्क
राजविराज, १७ कार्तिक।दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो ।

यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल र सडकको लगभग १५ मिटर भाग नै बगाएको छ । जीर्ण भइसकेको पुलबाट जोखिम मोलेर आवतजावत गरिरहँदा अहिले पुलसहित बाटो समयमा नबनाइएका कारण पैदलयात्रुलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ ।

अहिले पानी सुकिसकेको भएपनि सडक विभागले कुनै चासो नदिँदा आवागमन ठप्पै रहेको स्थानीयवासी नीरज झाले बताउनुभयो । तिलाठी कोइलाडी गाउँपालिकाको बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात पूर्ण रुपले ठप्प हुनुका साथै पैदल आवतजावत गर्नेलाई निकै समस्या भइरहेको उहाँले बताउनुभयो ।

बाटो अवरुद्ध भएपछि पाँच÷छ किलोमिटरको दूरीमा रहेको हनुमाननगर बजार जानका लागि वैकल्पिक मार्गका रुपमा राजविराज हुँदै २५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको अटो रिक्सा चालक रामसागर साहले गुनासो गर्नुभयो ।

यता स्थानीयवासीले भत्केको पुल र सडक चाँडो निर्माण गरेर आवागमन सूचारु गरी सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]