१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

पुल नबन्दा आवागमनमा समस्या

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८

न्यूजमधेश डेस्क
राजविराज, १७ कार्तिक।दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो ।

यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल र सडकको लगभग १५ मिटर भाग नै बगाएको छ । जीर्ण भइसकेको पुलबाट जोखिम मोलेर आवतजावत गरिरहँदा अहिले पुलसहित बाटो समयमा नबनाइएका कारण पैदलयात्रुलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ ।

अहिले पानी सुकिसकेको भएपनि सडक विभागले कुनै चासो नदिँदा आवागमन ठप्पै रहेको स्थानीयवासी नीरज झाले बताउनुभयो । तिलाठी कोइलाडी गाउँपालिकाको बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात पूर्ण रुपले ठप्प हुनुका साथै पैदल आवतजावत गर्नेलाई निकै समस्या भइरहेको उहाँले बताउनुभयो ।

बाटो अवरुद्ध भएपछि पाँच÷छ किलोमिटरको दूरीमा रहेको हनुमाननगर बजार जानका लागि वैकल्पिक मार्गका रुपमा राजविराज हुँदै २५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको अटो रिक्सा चालक रामसागर साहले गुनासो गर्नुभयो ।

यता स्थानीयवासीले भत्केको पुल र सडक चाँडो निर्माण गरेर आवागमन सूचारु गरी सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]