०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

लामखुट्टे नियन्त्रण गर्न औषधि

Logo
प्रकाशित शुक्रबार, कार्तिक १९, २०७८

न्यूजमधेश डेस्क
विरगंज ,१९ कार्तिक : वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘औषधि छर्न थालेको छ । जाडो मौसमको सुरुवातसँगै महानगर क्षेत्रमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न महानगरपालिकाले औषधि छर्ने काम थालेको हो ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको सङ्क्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा क्रमशः औषधि छर्ने काम गरिने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । यो काम आगामी मङ्सिर १० गतेसम्म सञ्चालन गरिने जनाइएको छ ।

यसअघि यही कात्तिक २ देखि ११ गतेसम्म महानगरले लामखुट्टेको लार्भा मार्न खुला नाला र खाल्डाखुल्डीमा ब्लिचिङ पाउडर छरेको थियो । लामखुट्टकोे फुल लार्भा र प्युपा हुँदै वयस्क अवस्थामा पुग्छ । स्थिर अवस्थामा रहेको तालपोखरी, खेत, खाल्डाखुल्डीमा जमेको पानीमा यो हुर्कने गरेको छ । डेंगु फैलाउने लामखुट्टे टायरमा जमेको पानी, फ्रिज, गमला वा ट्याङ्कीमा हुने सफा पानीमा हुर्कन्छ ।

चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगञ्जमा लामखुट्टेको अत्यधिक प्रकोप देखिन थालेको छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकालाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने काम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]