१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

लामखुट्टे नियन्त्रण गर्न औषधि

Logo
प्रकाशित शुक्रबार, कार्तिक १९, २०७८

न्यूजमधेश डेस्क
विरगंज ,१९ कार्तिक : वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘औषधि छर्न थालेको छ । जाडो मौसमको सुरुवातसँगै महानगर क्षेत्रमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न महानगरपालिकाले औषधि छर्ने काम थालेको हो ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको सङ्क्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा क्रमशः औषधि छर्ने काम गरिने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । यो काम आगामी मङ्सिर १० गतेसम्म सञ्चालन गरिने जनाइएको छ ।

यसअघि यही कात्तिक २ देखि ११ गतेसम्म महानगरले लामखुट्टेको लार्भा मार्न खुला नाला र खाल्डाखुल्डीमा ब्लिचिङ पाउडर छरेको थियो । लामखुट्टकोे फुल लार्भा र प्युपा हुँदै वयस्क अवस्थामा पुग्छ । स्थिर अवस्थामा रहेको तालपोखरी, खेत, खाल्डाखुल्डीमा जमेको पानीमा यो हुर्कने गरेको छ । डेंगु फैलाउने लामखुट्टे टायरमा जमेको पानी, फ्रिज, गमला वा ट्याङ्कीमा हुने सफा पानीमा हुर्कन्छ ।

चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगञ्जमा लामखुट्टेको अत्यधिक प्रकोप देखिन थालेको छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकालाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने काम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]