२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

लौनियाँमा विभिन्न कार्यक्रम गरि लक्ष्मी पुजनोत्सव मनाउदै

Logo
प्रकाशित शनिबार, कार्तिक २०, २०७८

राजविराज, २० कार्तिक । शुभदिपावली तथा लक्ष्मी पुजाको अवसर पारेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–२ लौनियाँमा विभिन्न कार्यक्रम गरि लक्ष्मी पुजा मनाइरहेका छन् ।
ग्रामदेवता प्रांगणमा आयोजना गरिएको पुजा तथा सांस्कृतिक कार्यक्रममा सहयोग गरेका कलाकार र पुजा समितिलगायत स्थानिय बुद्धजीवी/समाजसेवीहरुको महालक्ष्मी पुजा समितीले आज (शनिवार) एक समारोहका बिच सम्मान गरेको हो ।
वि.स. २०६९ सालदेखी निरन्तरता दिदैँ, यस वर्ष समेत विभिन्न कार्यक्रमहरु गर्दै भव्यताका साथ महालक्ष्मी पुजनोत्सव मनाइएको पुजा समितिका अध्यक्ष शिवनारायण मण्डलले जानकारी दिए ।
‘पुजनोत्सवमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरुको प्रंससा गर्दै’ सोही कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले ‘कुलतमा नलाग्न युवाहरुलाई आग्रह गरे ।’
शिक्षा, खेलकुद, संगीतलगायतका विभिन्न क्षेत्रमा लौनियाँ अगाडि रहे पनि, अझै कुलतलाई बिर्सेर आफ्ना प्रतिभा देखाई युवाहरुलाई अगाडि बढनुपर्ने उनको भनाई थियो ।
संघीय सांसद दुलारी देवी खंगको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, वडा अध्यक्ष खगेन्द्र मण्डल, अतिथि उमेश्वर आधारभुत विद्यालयका प्र. अ. प्रदिप मण्डल, वडा सदस्य विरेन्द्र मण्डल, दिनेश मण्डल, चन्दना देवी मण्डल, सिता देवी खंग, समाजसेवी महेन्द्र प्रसाद खंग, रामनारायण मण्डललगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युवा गायक रिजवान खान, शोभाकान्त चौधरी, शंकर राम, सुरेन्द्र कुमार मण्डललगायतका कलाकारहरुको सम्मान गरेको थियो भने, साँस्कृतिक कार्यक्रमका संयोजक रामफुल मण्डल, पुजा समितिका सहयोगी लक्ष्मी मण्डल, विरेन्द्र मण्डल, पवन कुमार शर्मा, ज्योतिश मण्डल, विद्यानन्द खंग, विरेन्द्र मण्डललगायतका सहयोगीहरु सम्मानित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]