२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनकपुरमा बाढी पीडितको लागि राहत संकलनमा प्रहरीको हस्तक्षेप

Logo
प्रकाशित बुधबार, साउन ०१, २०७६

जनकपुरधाम।लगातार वर्षापछि आएको बाढिले डुवानमा परेका जनकपुरधाम लगाई तराई मधेशका अधिकांश भाग डुबानमा परेका व्यक्तिहरुको जनजीवन कष्टकर पुर्न बनेका छ।

धनुषा जिल्लामा आएको विनासकारी बाढीले गर्दा जिल्ला भित्र विभिन्न स्थानहरूमा लाखौंको छती भएको छ तर राज्य स्तरबाट कुनै किसिमको प्रभावकारी सहयोग गरेको छैन।

यस्तो विपतको अवस्थामा हेरेर  जिल्ला युवा संजाल धनुषाका युवाहरु बाढी पिडितहरुका लागी राहत संकलन गर्न कार्यमा सग्लन हुदा, जिल्ला प्रहरी कार्यलय बाट राहत संकलनमा रोक लगाएको छ।
राहतको प्रखाइमा बसेको पिडित परिवारहरुका लागि विपत ब्यबस्थापन समितिले पनि कुनै किसिमको ठोस कदम चाल्न सकेको छैन। संजालका महासचिव कुलदिप साहले प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा “गैरकानुनी तरिकाले पैसा असुल्न पाइदैन” भनेर फोन काटदिनुभो भनेर दुखेसो पोखेका छन। उनी भन्छन हामी नगद मात्र हैन कि जिन्सी समान, लता कपडा, खाद्यान्न इत्यादि राहत सामग्री संकलन गरिरहेका थियौं तर प्रहरीले हाम्रो कार्यक्रममा हस्तक्षेप गरेका छन।

त्यसैगरी जिल्ला युवा संजाल धनुषाको महा संचिव कुलदिप साह मधेशी धोतीले भने यो भन्दा पहिला पनि हामिले बारा पर्साको लागि ९१००० राहत संकलन गरेका थियौँ तर त्यतिबेला कसैले रोकेन। यति धेरै रकम मुख्यमन्त्री राहत कोसमा जम्मा गर्दा यो पैसा कहाँबाट कसरी ल्यायौँ भने कसैले प्रश्न समेत गरेन र आज त्यही काम कानुन बिपरित छ भनेर रोक लगाउदा अचम्म नै लागेको बताए।

यता संजालको सदस्य राहुल  राज यादवले भने”प्रहरिको यस्तो हस्तक्षेपले युवाहरूको मन टुटेको छ। आ-आफ्नो काम छोडेर , समाजको लागि केही गरु भनेर हामी युवाहरु अगाडि आउँछौ तर प्रहरीले मद्दत गर्नुको साटो उल्टै हामीलाई रोक लगाउने काम गर्छन, यो कतिको सहिहो भने आरोप लगाएको छ।

राहत संकलन कार्यक्रममा संजालको महासचिव कुलदिप साह, युवा मंजय यादव , राहुलराज यादव र श्याम राउत लगाई दर्जनौं युवाको सहभागिता रएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]