१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

जनमत माटी यात्रा : सफल यात्राको कामना सहित अध्यक्ष राउतको विदाई

Logo
प्रकाशित बुधबार, मंसिर ०८, २०७८

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि के राउतलाई जनमत माटी यात्रा का लागि केन्द्रिय सचिवालयबाट विदाई गरेका छन् ।
धनुषाको जनकपुरधाम २, भानुचौक स्थित रहेको पार्टीको सचिवालय मंसीर १० गते शुक्रवार लुम्बिनीकालागी सफल यात्राको कामना गर्दै पार्टी आवद्ध नेता, कार्यकर्ताहरुले आज (बुधवार) विदाइ गरेको हो ।

संगठन बिस्तार सहित पार्टीका अध्यक्ष राउतले मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानिय तहबाट माटो सङ्कलन गर्नुका साथै नेता, कार्यकर्ता र समर्थकसहितको भेटघाट गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले जानकारी दिए । जनमत माटी यात्रा पश्चात संकलन गरिएको माटोबाट मधेश एकता स्तम्भ पार्क निर्माण गर्ने भएको छ।

पार्टीको कार्यकारिणी समितिको बैठकबाट गरिएको निर्णय अनुसार शुक्रवार लुम्बिनीको मायादेवी मन्दिरबाट माटो सङ्कलन कार्यक्रम तय गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]