२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

पर्सामा लागुऔषधसहित चारजना पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

जनकपुरधाम । प्रहरीले पर्साबाट लागूऔषध ओसार पसार गरीरहेको अवस्थामा दुई ट्रक सहित चारजनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ७ का ३५ वर्षीय अनुप बर्तौला, हेटौडा ७ का ४५ वर्षीय राजु बस्नेत, हेटौडा ६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ र झापाका मेची नगरपालिका १ का ५० वर्षीय गोपाल थापा रहेका छन् ।

वीरगञ्ज महानगरपालिका २५ बहुअरी स्थित ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा.३ ख ८८०८ नम्बरको ट्रकको चेकजाँच गर्दा चालक बस्ने सिटमुनिबाट कोरेक्स ५४ बोतल र ना ५ ख ६८७७ नम्बरको ट्रकको चालक बस्ने सिटमुनि बोराभित्र कोरेक्स २ सय २३ बोत्तल गरी जम्मा २ सय ७७ बोत्तल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]