०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

बसको ठक्करबाट सप्तरीमा मोटरसाईकल चालकको मृत्यु

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

सप्तरी । सप्तरीमा बसले मोटरलाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका वडा नं ५ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ गइरहेको ना ३ ख ३१४९ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो ।

मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ का ४० वर्षीय कुमार बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा परी गम्भिर घाइते भएको बस्नेतको सिरहा स्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय कडरवोनाको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]