२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

मधेशीलाई धोती भन्न पाइदैन भन्दै सिरहासहित मधेशभरी प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, मंसिर १०, २०७८

न्यूजमधेश डेक्स
सिरहा ,१० मंसिर । मधेशीलाई द्धिती भन्न पाइदैन भन्दै  जनमत पार्टीले सिरहासहित मधेशका जिल्लाको सदरमुकाममा प्रदर्शन गरेका छन ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा सिरहा जिल्लाको सदरमुकाम सिरहामा युवा दस्तालाई प्रशिक्षण पछी मोटरसाईकल जुलुससहित प्रदर्शन गरेको हो ।

शुक्रबार जनमत पार्टी सिरहा अध्यक्ष विजय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रम जनमत पार्टीका केन्द्रीय उपमहासचिव ई .इन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त प्रदर्शनमा सहभागीहरुले मधेशीलाई धोति भन्न पाइदैन ,रंगभेद अन्त्य गर ,जनमत पार्टी जिन्दाबाद ,रंगको आधारमा विभेद गर्न बन्द गर जस्ता नाराहरु लगाउदै प्रदर्शन गरेका हुन् ।

उपमहासचिव ई यादवले न्यूजमधेशसंग कुरा गर्दै उनले भने ‘७ वर्ष अगाडी काठमाडौंमा ,अध्हेशीहरुलाई रंगको आधारमा पक्राउ गरेको विरुद्धमा जनमत पार्टीले प्रत्येक वर्ष मङ्सिर १० गते रंगभेद विरुद्धको एकता दिवस मनाउदै आइरहेको छ ।’

२०७१ साल मंसिर १० गतेको दिन नेपालको राजधानी काठमाडौंमा डा सीके राउतको नेतृत्वमा भएको सभासहित विभिन्न स्थानबाट करिब ६ सय भन्दा बढी मधेशीहरुलाई रंगको आधारमा पक्राउ गरिएको थियो ।

नेपालमा अझै रुकेका छैन ।रंगको आधारमा विभेद कुनै पनि सरकारी कार्यालयमा जादा मधेशीहरुलाई फेसे हेरेर काम नगरिकन फर्काउन कार्य अहिले पनि जारी रहेको उपमहासचिव ई यादवले बताए ।

उनले रंगभेद अन्त्य नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्नुको साथै देश समुन्नत विकास नहुने बताए । जब सम्म यो जातीय ,लिंग ,भेस र रंगको आधार हुदै आएको विभेद अन्त हुदैं तब सम्म जनमत पार्टीले रंगभेदको विरुद्धमा आन्दोल गर्ने उनले चेतावनी समेत दिएका हुन् ।

उक्त कार्यक्रममा पार्टीका जिल्लाका नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको जनमत पार्टीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]