२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

मधेशीलाई धोती भन्न पाइदैन भन्दै सिरहासहित मधेशभरी प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, मंसिर १०, २०७८

न्यूजमधेश डेक्स
सिरहा ,१० मंसिर । मधेशीलाई द्धिती भन्न पाइदैन भन्दै  जनमत पार्टीले सिरहासहित मधेशका जिल्लाको सदरमुकाममा प्रदर्शन गरेका छन ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा सिरहा जिल्लाको सदरमुकाम सिरहामा युवा दस्तालाई प्रशिक्षण पछी मोटरसाईकल जुलुससहित प्रदर्शन गरेको हो ।

शुक्रबार जनमत पार्टी सिरहा अध्यक्ष विजय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रम जनमत पार्टीका केन्द्रीय उपमहासचिव ई .इन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त प्रदर्शनमा सहभागीहरुले मधेशीलाई धोति भन्न पाइदैन ,रंगभेद अन्त्य गर ,जनमत पार्टी जिन्दाबाद ,रंगको आधारमा विभेद गर्न बन्द गर जस्ता नाराहरु लगाउदै प्रदर्शन गरेका हुन् ।

उपमहासचिव ई यादवले न्यूजमधेशसंग कुरा गर्दै उनले भने ‘७ वर्ष अगाडी काठमाडौंमा ,अध्हेशीहरुलाई रंगको आधारमा पक्राउ गरेको विरुद्धमा जनमत पार्टीले प्रत्येक वर्ष मङ्सिर १० गते रंगभेद विरुद्धको एकता दिवस मनाउदै आइरहेको छ ।’

२०७१ साल मंसिर १० गतेको दिन नेपालको राजधानी काठमाडौंमा डा सीके राउतको नेतृत्वमा भएको सभासहित विभिन्न स्थानबाट करिब ६ सय भन्दा बढी मधेशीहरुलाई रंगको आधारमा पक्राउ गरिएको थियो ।

नेपालमा अझै रुकेका छैन ।रंगको आधारमा विभेद कुनै पनि सरकारी कार्यालयमा जादा मधेशीहरुलाई फेसे हेरेर काम नगरिकन फर्काउन कार्य अहिले पनि जारी रहेको उपमहासचिव ई यादवले बताए ।

उनले रंगभेद अन्त्य नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्नुको साथै देश समुन्नत विकास नहुने बताए । जब सम्म यो जातीय ,लिंग ,भेस र रंगको आधार हुदै आएको विभेद अन्त हुदैं तब सम्म जनमत पार्टीले रंगभेदको विरुद्धमा आन्दोल गर्ने उनले चेतावनी समेत दिएका हुन् ।

उक्त कार्यक्रममा पार्टीका जिल्लाका नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको जनमत पार्टीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]