२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

मलेसियामा ज्यान गुमाएका नथुनीको शव घर पठाउन गैर आवासीय मधेशी संघ सफल

Logo
प्रकाशित सोमबार, मंसिर १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१३ मंसिर । वैदेशिक रोजगारमा खाडी मुलुक मलेसिया गएका एक मधेशी युवाले ज्यान गुमाएको छ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ हर्दियाका नथुनी कापर पाँच वर्ष अगाडि वैदेशिक रोजगारमा मलेसिया गएका थिए।उनले गएका कम्पनीमा काम गर्न समस्य भएपछि कम्पनी छाडेर भागेर अर्को कम्पनीमा छोरीछिपी काम गरिरहेका थिए ।केही समय अगाडि देखि उनको शारीरिक समस्या देखापरेपछी उपचार गराउन अस्पतालमा भर्ना भएको परिवारजनले बताए।

अस्पतालमा दिनदिनै अवस्था विग्रीदै गए ।तर उपचारकै क्रममा नथुनि कापरको मृत्यु भएको थियो।

मृत्यु पश्चात् नथुनिका बुबा,आमा र श्रीमतीले विभिन्न पार्टी र संघ संस्थालाई शव नेपाल पठाउन हारगुहार गरेका थिए।नथुनिका परिवारजनका आवाज कसैले सुनेन ।महिनौं भए विभिन्न पार्टीका नेताहरुलाई गुहार गरेको ।कसैले गर्न नसकेको काम डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन गैर आवासीय मधेशी संघले गरेर देखाएका छ्न।

स्थानीय युवाहरुले गैर आवासीय मधेशी संघको बारेमा पीडित परिवारलाई जानकारी गराएपछि नथिनीका परिवारजनले जनमत पार्टीका नेताहरुलाई घटना बारे जानकारी गराउनु भयो।त्यसपछि जनमत पार्टीका नेताहरूले गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई .शम्भु नारायण साहलाई जानकारी गराए ।

अध्यक्ष ई.साहलाई जानकारी हुन लगत्तै उनले आफ्ना संगठनका मलेसियाका सहसंयोजन बिरेन्द्र यादवलाई खबर गरेका थिए।

त्यसपछि गैर आवासीय मधेशी संघ मलेसियाका टिमले नथिनी कापरको शव खोजनको लागि मलेसियाका विभिन्न अस्पताल पुगेपछि शव भटिएका थिए।

यता परिवारजनले दिनदिनै चिन्तामा डुबदै गैरहेको थिए।शवको बारेमा पत्ता लागेपछि परिवारजनलाई खबर गैर आवासीय मधेशी संघले गरे ।नथुनिका परिवारजनले बताउछ ‘हामी आस मारी सकेका थिए।अब नथुनिको मुख पनि हेर्न सक्दैनन् ।तर हाम्रो नथुनीको अन्तिम पटक मुख हेराउनमा सबै भन्दा बढी योगदान गैर आवासीय मधेशी संघ डा सीके राउत पार्टीको रहेको’नथिनीको परिवारजनले भने।

यता गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समितीका अध्यक्ष ई.शम्भु नाथ साहले नथुनी कापरको शव घर पठाउनको लागि आफ्नो काम काज छाडेर २ महिनादेखि दिनरात नेपाल राजदुतावासको कार्यलयमा पुगेर पहल गरेका
गैर आवासीय मधेशी संघ ( KLCC) केल सिसि एरियाका अध्यक्ष मंशि खंग विशेष धन्यवाद दिएका छ्न।त्यसैगरी गैर आवासीय मधेशी संघ मलेसियाका केन्द्रिय अध्यक्ष सिकेन्द्र यादव,सहअध्यक्ष बिरेन्द्र यादवसहित सम्पुर्ण मलेसिया टिमलाई धन्यवादसमेत दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]