२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

मलेसियामा ज्यान गुमाएका नथुनीको शव घर पठाउन गैर आवासीय मधेशी संघ सफल

Logo
प्रकाशित सोमबार, मंसिर १३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१३ मंसिर । वैदेशिक रोजगारमा खाडी मुलुक मलेसिया गएका एक मधेशी युवाले ज्यान गुमाएको छ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ हर्दियाका नथुनी कापर पाँच वर्ष अगाडि वैदेशिक रोजगारमा मलेसिया गएका थिए।उनले गएका कम्पनीमा काम गर्न समस्य भएपछि कम्पनी छाडेर भागेर अर्को कम्पनीमा छोरीछिपी काम गरिरहेका थिए ।केही समय अगाडि देखि उनको शारीरिक समस्या देखापरेपछी उपचार गराउन अस्पतालमा भर्ना भएको परिवारजनले बताए।

अस्पतालमा दिनदिनै अवस्था विग्रीदै गए ।तर उपचारकै क्रममा नथुनि कापरको मृत्यु भएको थियो।

मृत्यु पश्चात् नथुनिका बुबा,आमा र श्रीमतीले विभिन्न पार्टी र संघ संस्थालाई शव नेपाल पठाउन हारगुहार गरेका थिए।नथुनिका परिवारजनका आवाज कसैले सुनेन ।महिनौं भए विभिन्न पार्टीका नेताहरुलाई गुहार गरेको ।कसैले गर्न नसकेको काम डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन गैर आवासीय मधेशी संघले गरेर देखाएका छ्न।

स्थानीय युवाहरुले गैर आवासीय मधेशी संघको बारेमा पीडित परिवारलाई जानकारी गराएपछि नथिनीका परिवारजनले जनमत पार्टीका नेताहरुलाई घटना बारे जानकारी गराउनु भयो।त्यसपछि जनमत पार्टीका नेताहरूले गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई .शम्भु नारायण साहलाई जानकारी गराए ।

अध्यक्ष ई.साहलाई जानकारी हुन लगत्तै उनले आफ्ना संगठनका मलेसियाका सहसंयोजन बिरेन्द्र यादवलाई खबर गरेका थिए।

त्यसपछि गैर आवासीय मधेशी संघ मलेसियाका टिमले नथिनी कापरको शव खोजनको लागि मलेसियाका विभिन्न अस्पताल पुगेपछि शव भटिएका थिए।

यता परिवारजनले दिनदिनै चिन्तामा डुबदै गैरहेको थिए।शवको बारेमा पत्ता लागेपछि परिवारजनलाई खबर गैर आवासीय मधेशी संघले गरे ।नथुनिका परिवारजनले बताउछ ‘हामी आस मारी सकेका थिए।अब नथुनिको मुख पनि हेर्न सक्दैनन् ।तर हाम्रो नथुनीको अन्तिम पटक मुख हेराउनमा सबै भन्दा बढी योगदान गैर आवासीय मधेशी संघ डा सीके राउत पार्टीको रहेको’नथिनीको परिवारजनले भने।

यता गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समितीका अध्यक्ष ई.शम्भु नाथ साहले नथुनी कापरको शव घर पठाउनको लागि आफ्नो काम काज छाडेर २ महिनादेखि दिनरात नेपाल राजदुतावासको कार्यलयमा पुगेर पहल गरेका
गैर आवासीय मधेशी संघ ( KLCC) केल सिसि एरियाका अध्यक्ष मंशि खंग विशेष धन्यवाद दिएका छ्न।त्यसैगरी गैर आवासीय मधेशी संघ मलेसियाका केन्द्रिय अध्यक्ष सिकेन्द्र यादव,सहअध्यक्ष बिरेन्द्र यादवसहित सम्पुर्ण मलेसिया टिमलाई धन्यवादसमेत दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]