२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

विवाहपञ्चमीका बेला जनकपुरधाम दुर्गन्धित बन्दै

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ मंसिर।जनकपुरधाममा हरेक वर्ष मनाइने विवाहपञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबारदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ ।

१७ मंसिरमा जनकपुरधाम नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम छ ।

जानकी मन्दिरले मूल समारोह समिति गठन गरी विवाहपञ्चमीको तयारी गरिरहँदा जनकपुरधाम बजार भने दुर्गन्धित छ । जताततै फोहोर थुप्रिएपछि हिँड्ने बटुवाहरुलाई नाक थुन्नुपर्ने बाध्यता छ ।

मन्दिरसम्मै फोहोर

जानकी मन्दिर प्रवेश गर्ने मुख्य चोक रमानन्द चोकमै अत्यधिक फोहोर थुपारिएको छ । यो चोकदेखि हरेक २० मिटरको दूरीमा फोहोरको डंगुर छ । रमानन्द चोक र जानकी मन्दिरको बीचमा प्रादेशिक अस्पताल छ । अस्पतालबाहिर पनि फोहोर थुपारिएको हुन्छ । धेरै दिनदेखि नउठाइएका कारण झिँगा भन्किएको छ भने दुर्गन्ध फैलिएको छ ।

धार्मिक, साँस्कृतिक शहरको रुपमा विकसित जनकपुरधामको यस्तो कुनै ठाउँ छैन, जहाँ फोहोर नहोस् । ‘जताततैको फोहोरको थुप्रोले विवाहपञ्चमीमा नकारात्मक सन्देश जान्छ’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास भन्छन्, ‘नगरपालिकाले यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ ।’

फोहोर हटाउने र विवाहपञ्चमीका लागि ठाउँठाउँमा अस्थायी शौचालय नबनाए जनकपुरधाममा हैजा फैलिन सक्ने दास बताउँछन् ।

संघीय राजधानीमा डेलिगेसन

उपमहानगरपालिकामा सरसफाइ नगरेको भन्दै केही वडाअध्यक्षले १४ कात्तिकमा मेयर लालकिशोर साहको घरमै फोहोर थुपारेका थिए । फोहोर उठाउन माग गर्दै उनीहरुले ६ मंसिरमा पनि मेयरको कार्यकक्षमा ताला लगाउँदै धर्ना दिएका थिए ।

तर, मेयरले सुनुवाइ नगरेको वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह बताउँछन् । ‘सरसफाइ सामग्री, ट्याक्टर र कर्मचारी नगरपालिकामै छन्’ उनी भन्छन्, ‘ती सामग्री र कर्मचारी माग्दा पनि दिइरहेका छैनन् ।’

सरसरसफाइ सामग्री माग्न जाँदा वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई दुव्र्यबहार पनि गरेको उनले बताए ।

मेयरले सरसफाइमा ध्यान नदिएको भन्दै वडाअध्यक्ष साहसहित २५ जना जनप्रतिनिधि संघीय राजधानी काठमाडौं पुगेका छन् ।

आइतबार काठमाडौं पुगेका साहले भने, ‘मेयरले सरसफाइमा ध्यान नदिएको र ६ महिनादेखि बोर्ड बैठक (नगर कार्यपालिकाको बैठक) समेत बसाउन नचाहँदा हामी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउन काठमाडौं आएका छौं ।’

अभियान शुरु गर्ने तयारी

स्थानीय प्रशासन र अभियन्ताहरुले विवाह पञ्चमीलाई लक्षित गरी सरसफाइ अभियान सुरु गर्ने योजना बनाएका छन् ।

सरसफाइ अभियन्तासमेत रहेका प्रदेश सांसद रामाशिष यादव डम्पिङ साइट नहुँदा फोहोर फाल्नै समस्या भइरहेको बताउँछन् । केही बर्षअघि फुलगामामा डम्पिङ साइट बनाउन खोज्दा कांग्रेस नेता बिमलेन्द्र निधिले विरोध जनाएको उनी बताउँछन् ।

‘यसपछि मेयर साहले वडा नम्बर १८ र २५ को बीचमा डम्पिङ साइट बनाउन खोज्दा पनि बन्न सकेन’ यादवले भने, ‘बन्न नसकेपछि मेयरले मिनी डम्पिङ साइट बनाउनुपथ्र्यो त्यो पनि बनाउन सकेनन् ।’

मेयरले चासो नदिए पनि वडा अध्यक्षहरु अग्रसर हुनुपर्नेमा नगरेको सांसद यादव बताउँछन् ।

तर विवाह पञ्चमीलाई लक्षित गरी फोहोर उठाइने उनले बताए । ‘यसबारेमा सीडीओेसँग कुरा भएको छ । उहाँले प्रहरी, प्रशासनको व्यवस्था गरिदिन्छौं भन्नुभएको छ’ यादव भन्छन्, ‘प्रहरी प्रशासन स्वच्छता अभियन्ता, व्यवसायी मिलेर विवाहपञ्चमी अगाडि नै सरसफाइ अभियान शुरु गर्छौं ।’

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला पनि डम्पिङ साइट नहुँदा समस्या फोहोर फाल्न समस्या भएको बताउँछन् । ‘तत्काल विवाहपञ्चमी अगाडि नै नगरलाई सफा गर्दै डम्पिङ साइटबारे छलफल चलाउँछौं’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]