२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमा धनुषा ४ बाट नवल किशोर यादव चयन

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४मंसिर । जारी नेपाली काँग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नवल किशोर यादव चयन गरिएको छ ।

सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनीधिको रुपमा सर्व सहमतिले चयन गरिएको हो ।

नेपाली काँग्रेसका सक्रिय भएर लागेका नेता यादवलाई पदाधिकारीहरुले नै सर्व सहमति दिएपछि उनी महाधिवेशन प्रतिनीधिको लागि क्षेत्र नम्बर ४ बाट चुनिएका हुन् ।

क्षेत्रमा सहमतिको आधारमा चयन प्रतिनीधिमध्ये नवल किशोर यादव सभापतिको लागि दाबेदार समेत मानिएका छन् । यद्यपी, उनले जिल्ला सभापतिमा उम्मेदवारी दिने वा नदिने बारे प्रष्टाएनन् ।

सोमबार सम्पन्न भएको अधिवेशनबाट यादव खुल्ला तर्फबाट महाधिवेशन प्रतिनीधिमा चयन भएका हुन् । उनले भने, “महाधिवेशन प्रतिनीधिमा चयन भएपनि केन्द्रीय सदस्य देखि पदाधिकारीसम्म लडन सक्ने अधिकार हुन्छ ।”

तरुण दलको निर्वतमान केन्द्रीय सदस्य समेत रहको नेता यादव नेपाली काँग्रेसको महाधिवेशन प्रतिनीधिको रुपमा निर्विरोध चयन भएपछि उनलाई बधाईको ओइरो लागेको छ ।

उनी नेपाली काँग्रेसका नेता एवम् पूर्व साँसद चन्द्रमोहन यादवको नजिकी एवम् विश्वासिलो पात्र मानिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]