२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

डा सीके राउतको जनमत माटो यात्रा जारी आज छैठौं दिन गैंडहवाको गाउँ गाउँमा जाँदै

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही ,१५ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको जनमत माटो यात्रा जारी रहेको छ।

आज माटो यात्राको छैठौं दिन रुपन्देही जिल्लाको गैंडहवा गाउँपालिकाका विभिन्न टोल टोलबाट माटो संकलन गर्ने पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवले बताए।

सचिव यादवले भने,’जनमत माटो यात्रा मेचीदेखि महाकालीसम्म हुने छ।’ मेचीदेखि महाकालीसम्मको माटो संकलन गरेर मधेशी एकता स्तम्भ निर्माण गर्ने यो यात्राको मुख्य उदेश्य रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]