२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

मोटरसाइकल दुर्घटनामा मोरबैताको ज्यान गयो

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

न्यूजमधेश डेक्स
जनकपुरधाम ,१५ मंसिर । जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा धनुषाको कमला नगरपालिका ३ लगमाका अन्दाजी २३ वर्षीय बिजय मोरबैता छन् ।

ज१२ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट घर फर्किने क्रममा आज विहान उनी दुर्घटनामा परेपछि गम्भीर घाइते भएका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले उनलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याए । तर अस्पतालमा डाक्टरले मृत घोषित गरेका छन् ।

दुर्घटनामा परेका मोटरसाइकलको पछाडीमा सबार आलोक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चौधरी पनि घाइते छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]