२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

मोटरसाइकल दुर्घटनामा मोरबैताको ज्यान गयो

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

न्यूजमधेश डेक्स
जनकपुरधाम ,१५ मंसिर । जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा धनुषाको कमला नगरपालिका ३ लगमाका अन्दाजी २३ वर्षीय बिजय मोरबैता छन् ।

ज१२ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट घर फर्किने क्रममा आज विहान उनी दुर्घटनामा परेपछि गम्भीर घाइते भएका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले उनलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याए । तर अस्पतालमा डाक्टरले मृत घोषित गरेका छन् ।

दुर्घटनामा परेका मोटरसाइकलको पछाडीमा सबार आलोक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चौधरी पनि घाइते छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]