२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

टीकापुरमा जनमत पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न ,अध्यक्षमा सन्तराम डंगौरा

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,१५ मंसिर ।कैलाली जिल्लाको टीकापुर नगरपालिकामा जनमत पार्टीको प्रथम नगरअधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ।

बुधबार सन्तराम डंगौराको अध्यक्षतामा भएको प्रथम नगरअधिवेशन प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष एवम् केन्द्रिय परिवेक्षक बीपी साहको प्रमुख आतिथ्यमा १९ सदस्यीय नगर समिति कार्यसमिति गठन गरिएको छ।

उक्त कार्यसमितिको उपाध्यक्षमा मन्जु चौधरी, सचिवमा अनिता डंगौरा, सहसचिवमा मोहन चौधरी र कोषाध्यक्षमा सविता चौधरी चयन भएका छन्।

थारु कल्याणकारिणी सभाकी क्षेत्रीय उपाध्यक्ष सविता चौधरी, मुक्त कमलरी विकास मञ्चकी जिल्ला अध्यक्ष विन्द्र चौधरीलगायत ४९ जना जनमत पार्टीमा प्रवेश गरेका छन्।

बरघरहरु रामफल चौधरी, आइतवारी चौधरी, थारु विद्यार्थी समाजका कैलाली जिल्ला अध्यक्ष आशिष चौधरी, लक्ष्मण चौधरी, ललिता चौधरी, दिव्या चौधरीलगायतका सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवादसमेत दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।