२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

सिरहाको एउटा वडा कार्यलयमा चोरी

Logo
प्रकाशित बिहिबार, मंसिर १६, २०७८

शिवदयाल यादव
सिरहा,१५ मंसिर । चोरले चोरी गर्यो यो घटना आजकल बिष्णुपुमा समान्य बनेको छ । यहि घटना केही दिन पहिला हुँदा बडो अफसोच साथ बुझ्थे र बुझ्नु पनि आतुर हुन्थे । तर एक पछि एक गरि बारम्बार घटनाहरु भइरहदा केही नौलो नभएको बुझ्न आउँछ । यती घटनाहरु घट्दा पनि यहाका सुरक्षा निकाय र सरोकारबाला निकाय कहि न कहि उदासिन र बचाराधिन भएको देख्छु ।

सिसि क्यामरामा चोर समात्न सजिलो हुन्छ भने ढुक्कका साथ क्यामरा जडान गरि निस्फिक्रका साथ समान सुरक्षा गर्ने रखबाला छदै छ नि सोच र लापरबाहीले घटनाहरु बढेको देखिन्छ ।

भर्खर मात्रै बिष्णुपुर गापा वडा नम्बर ५ मा कम्प्युटर र फोटोकपी मेसिन सहित चोरी गरेका छन । चतुर ती चोरले सिसि क्यामरालाई लाइन सर्ट गरि मेसिन नै बिगारेका छन । मैथिलीमा एउटा कहाबत छ ” रज बुद्धि से चोर बुद्धि भारी होइहै ” हुन: त भएका पनि छन र भइरहेका पनि छन ।

केही दिन पहिला मात्र मुख्य सडकको छेउमा रहेको एउटा गार्मेन्टमा पहिलो साझ मै चोरी भयो,भेटनरि अफिस लगायत मोटर साइकल चोरी,पानी तान्ने मोटर चोरी लगायतका यी समान्य घटनाको त कुरै छोडौ । यी घटनाहरु घटाउने मुख्य योजनाकार को छन त ? किन बारम्बार यहि ठाउँमा चोरी बढनुमा कस्को कमिकमजोरि छन त ? चोरी समान्य घटना लागेपनि यसलाई हामिले बढाब दिनु भनेको डकैती,हत्या हिंसा र बल्तकार लाई निम्तो दिनु हो ।

यसमा हामी कहि चुकेका त छैनौ चाहे राजनितिक दल ,स्थानीय सरकार,सुरक्षा निकाय र स्थानीय बासिन्दा किन नहोस हामी ठूलो दुर्घटनाको सिकारको दलदलमा फसिरहेका छौ ।

भट्टि पसल साझ पर्ना साथ बन्द हुनुको साटो प्रहरिलाइ लाइन मिलाएर अबेर रातीसम्म खोल्न कुनै बन्देज छैन । अबैध घरेलु मदिराको राम्रै ब्यापार छ जहा त्याहा लुटपात र चोरी त समान्य नै हो ।

सिसि क्यामरा छ हामी चोरलाई समात्छौ भन्ने ढुक्क छन तर बिडम्बना छ,सिसि क्यामराले एउटा हेल्मेट चोरी गर्ने चोरलाई समेत हेरेर पनि चिन्न गार्हो छ हेरे पनि मान्छे नै को छ भने चिन्न सकिदैन । त्यसैले,असुरक्षित हैन सुरक्षित हुनका लागि नागरिक समाज जाग्नै पर्छ र यस्तो बेथिती विरुद्ध लाग्नै पर्ने छ ।
हामी नबोले कस्ले बोल्देला,आफ्नो समानको सुरक्षा आफै नगरे कसले गरदेला र त्यसैले आफ्नै गाउँ आफ्नो ठाउँ आफै बनाउ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]