१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

माओवादीको गठमा जनमत पार्टीको लहर

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

न्यूजमधेश डेस्क
कैलाली, १७ मंसिर । कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरहरुमा माओवादीको पकड रहँदै आएपनि जनमत पार्टीको लहर उक्त क्षेत्रमा बढेको छ ।

कैलाली जिल्लाको टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र भजनी गाउँपालिकालगायतमा रहेका मुक्त कमैया शिविरहरुमा जनमत पार्टीको संगठन तीव्र रुपमा विस्तार भइरहेको छ ।

माओवादी द्वन्द्वकालमा उक्त शिविरहरुबाट माओवादीले राम्रो सहयोग पाएको थियो तर मुक्त कमैया शिबिरहरुका लागि माओवादीले हालसम्म कुनै काम गर्न नसकेको भन्दै मुक्त कमैयाहरु जनमत पार्टीतिर आर्कषित भएको टीकापुरको शक्ति शिविरका महेश डंगौराले बताए ।

जनमत पार्टीले संगठन विस्तारका लागि कभरेज अभियान चलाएपछि ती स्थानीय निकायका मुक्त कमैया शिबिरहरुमा जनमत पार्टीको बन्द प्रशिक्षण जारी रहेको छ । जनमत पार्टीले उठाएका मागहरु मुक्त कमैयाका लागि महत्वपूर्ण रहेको जोशीपुर बञ्जरिया शिबिरका धनेश चौधरीले बताए ।

विभिन्न चरणको प्रशिक्षणपछि जनमत पार्टीको जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकामा पार्टीको प्रथम एतिहाँसिक अधिवशेनहरु सम्पन्न भएको जनमत पार्टीका नेता एवं प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले बताए । उक्त शिबिरहरुमा साहको नेतृत्वमा प्रशिक्षण जारी रहेको छ ।

जोशीपुरको बञ्जरिया, रामनगर र टीकापुरको शक्तिनगर, शिबनगरलगायतको क्षेत्रबाट सयौंको संख्यामा मुक्त कमैयाहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। बुधबार मात्रै टीकापुरको शिबिरहरुबाट ४९ जना माओवादीका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

टीकापुरको नगरअधिवेशनका क्रममा जनमत पार्टीका नेता बीपी साहले भने,‘माओवादी द्वन्द्वमा १३ सय थारु मारिए। कयौं थारुहरु बेपता भए । तर, माओवादीको नेतृत्व पंतिमा खोइ थारु ?’

‘जनमत पार्टीका अध्यक्ष डा.सीके राउत कमैया कमलरी, भूमिहिनहरुको अवस्था सुधारकै लागि राजनीतिमा आउनु भएको हो।’ साहले भने,‘अब मुक्त कमैया कमलरीहरुले डाक्टर साहाबलाई साथ दिनु पर्छ र मुक्तीको बाटोमा अगाडि बढ्नु पर्छ ।’

अहिले पनि कतिपय मुक्त कमैया शिबिरको जग्गाको लालपुर्जा मुक्त कमैयाहरुलाई नदिइएकोमा आक्रोस पोख्दै साहले भने,‘यहाँको जल, जंगल र जमिनमाथि थारुहरुको अधिकार छ । राज्यले जालसाजी गर्यो भने यस मुद्दालाई अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुसार सुल्झाइनेछ । मुक्त कमैयाहरुको आन्दोलनमा जनमत पार्टीको पूर्ण समर्थन रहनेछ ।’

उक्त कार्यक्रममा जनमत पार्टी जोशीपुर गाउँपालिकाका अध्यक्ष गणेश डंगौराले माओवादीलाई आफूहरुले पेट काटेर खुवाएको तर उनीहरुले गुण विर्सेको बताए ।

अबको निर्वाचनमा जनमत पार्टीबाट नेतृत्व गर्न मुक्त कमैया कमलरीहरुलाई डंगौराले आग्रह गरे। आफ्नो पार्टीले मुक्त कमैया कमलरीहरुलाई चुनावी प्रतिस्पर्धामा ल्याउने तयारी गरेको उनले सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]