२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

पत्रकार सहनीमाथि दूव्र्यवहार, पत्रकार महासंघ आक्रोशित

Logo
प्रकाशित बुधबार, मंसिर २२, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,२२ मंसिर । जिल्ला सरकारी वकिल कार्यालय सिरहाका जिल्ला न्यायाधीवक्ता सन्तोष प्रसाद भण्डारीले पत्रकारमाथि दूव्र्यवहार गरेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका आरोपी मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव ३० हजार धरौटीमा रिहा भएका थिए ।

सोही विषयमा रिपोटिङ गर्न मंगलबार सरकारी वकिल कार्यालय पुगेका सिरहास्थित पत्रकार दिलिप सहनीमाथि दूव्र्यवहार भएको हो । जिल्ला न्यायाधीवक्ता भण्डारीले टिभी जर्नलिष्ट सहनीलाई दूव्र्यवहार गर्दै सूचना दिन आनाकानी मात्रै गरेनन्, सहनीलाई थुन्नका लागि प्रहरी नै बोलाए ।

उनले बोलाएको केही बेरमै प्रहरी पनि कार्यालयमा टिभी जर्नलिष्ट सहनीलाई थुन्न तैनाथ भयो । ज्यान मार्ने उद्योग मुद्दा चलाइएका मेयर यादवलाई सोमबार जिल्ला अदालत सिरहामा चलेको थुनछेक बहसमा उनलाई धरौटी रकम राखेर रिहा गर्न जिल्ला अदालतले निर्देशन दिएको थियो ।

तर, उनलाई पक्राउ गर्न पूर्जीसमेत दिइएको भएपनि प्रहरीले पक्राउसमेत नगरी रिहा गरिएपछि सर्वत्र आलोचना भइरहेको छ । त्यसमाथि सरोकारवालाले यसरी सूचना दिनसमेत आनाकानी गर्नु र उल्टै पत्रकारमाथि दूव्र्यवहार गर्नुले थप शंका पैदा भएको छ ।

यस घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति सिरहाले घटनाको घोर भत्र्सना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । घटनाप्रति गम्भीर भई सम्बन्धित सरोकारवाला नियामक निकायले घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद […]

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]