०८ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

कांग्रेसको १३ जना पदाधिकारीमा एक महिलामात्र निर्वाचित

Logo
प्रकाशित शुक्रबार, पुष ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीसम्मको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

शुक्रबार अपरान्हसम्म समावेशीतर्फ आठ जना सह–महामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै पदाधिकारीको मतगणना सकिएको छ ।

सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारीमा जम्मा एक जनामात्र महिला निर्वाचित भएका छन् ।

खुला र महिला खुलामा सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना र कमला पन्त गरी तीन महिला नेतृ पदाधिकारीमा प्रतिस्पर्धा गरेका थिए ।

तर, चुनावी प्रतिस्पर्धामा महिला खुला अन्तर्गत महालक्ष्मी उपाध्याय डिना मात्र विजयी भएकी छिन् । पदाधिकारीमा एक कोषाध्यक्ष केन्द्रीय कमिटीले मनोनित गर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]