१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

पूर्व–पश्चिम राजमार्ग छ घण्टापछि सञ्चालनमा

Logo
प्रकाशित सोमबार, पुष ०५, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,५ पुष । मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउने र घटनाका दोषीलाई पक्राउ गरी कार्वाही गर्ने सहमतिपछि सिरहाको गोलबजारमा अवरोध गरिएको पूर्व–पश्चिम राजमार्ग छ घण्टापछि सञ्चालनमा आएको छ ।

स्थानीय प्रशासन, गोलबजार नगरपालिकाका जनप्रतिनिधि र आन्दोलनरत पक्षबीच आज साँझ भएको वार्तामा तत्कालका लागि गोलबजार नगरपालिकाले किरियाखर्च वापत ५० हजार उपलब्ध गराउने र थप रु चार लाख ५० हजार स्थानीय सरकारले उपलब्ध गराउने तथा घटनामा सङ्लग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्ने सहमतिपछि आज अपराह्न १२ बजेदेखि अवरुद्ध सडक साँझ ६ बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए ।

आन्दोलनरत पक्षले पनि तत्काल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने र दोषीलाई पक्राउ गर्न सहयोग गर्ने सहमति भएको प्रजिअ कवाडीले बताए । छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको गत शनिबार राति मृत्यु भएको विरोधमा स्थानीय र आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

अवरुद्ध सडक खुलाउने प्रयास गर्दा प्रहरी र आन्दोलनकारीबीच केही बेर झडपसमेत भएको थियो । सो क्रममा मृतकी दिदी सिरहाको कर्जन्हा नगरपालिका–५ निवासी समलियादेवी सदा र गोलबजारका निकेश सदा घाइते भएको र उहाँहरूको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]