३० भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
×

आमहडताललाई उलंघन गरेको भन्दै सिरहामा किसानहरुले ट्रक जलाए

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ पुष। किसानलाई पक्राउ गरेको बिरोधमा सिरहा जिल्ला बन्दको आह्वान गरेका डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र किसानहरुले एक ट्रकमा आगजनी गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा आइतबार दिउँसो ना.५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रकमा जनमत कार्यकर्ताले बन्द उल्लंघन गरेको भन्दै आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको अधिकांस भाग जलेको छ ।

यस्तै, बन्दको उल्लंघन गरेर चलाएको भन्दै उनीहरुले १० वटा जति सबारीसाधन तोड्फोड गरेका छन् । ‘अहिलेसम्म १० वटा गाडीमा तोडफोड भएको जानकारीमा आएको छ’ सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने।

जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए ।

किसानले गहुँ लुटेको आरोपमा प्रहरीले चारजनाविरुद्ध मुद्दा दायर गर्दै एक जनालाई पक्राउ गरेपछि किसान र जनमत पार्टीले आईतबार एक दिनका लागि सिरहा जिल्ला बन्दको आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]