२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

आमहडताललाई उलंघन गरेको भन्दै सिरहामा किसानहरुले ट्रक जलाए

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ पुष। किसानलाई पक्राउ गरेको बिरोधमा सिरहा जिल्ला बन्दको आह्वान गरेका डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र किसानहरुले एक ट्रकमा आगजनी गरेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा आइतबार दिउँसो ना.५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रकमा जनमत कार्यकर्ताले बन्द उल्लंघन गरेको भन्दै आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको अधिकांस भाग जलेको छ ।

यस्तै, बन्दको उल्लंघन गरेर चलाएको भन्दै उनीहरुले १० वटा जति सबारीसाधन तोड्फोड गरेका छन् । ‘अहिलेसम्म १० वटा गाडीमा तोडफोड भएको जानकारीमा आएको छ’ सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने।

जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए ।

किसानले गहुँ लुटेको आरोपमा प्रहरीले चारजनाविरुद्ध मुद्दा दायर गर्दै एक जनालाई पक्राउ गरेपछि किसान र जनमत पार्टीले आईतबार एक दिनका लागि सिरहा जिल्ला बन्दको आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]