२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

सिरहामा जनमतको चक्काजामले प्रहरी हैरान

Logo
प्रकाशित सोमबार, पुष १२, २०७८

जयनाथ यादव
लहान,१२ पुष । डा. सीके राउत नेतृत्वको जनमत पार्टी आन्दोलन समिति सिरहाले गरेको चक्काजामका सफल भएका छन।भने चक्काजामका कारण जिल्लाभरका सुरक्षाकर्मी हैरान भएको छ।

चक्काजामको प्रभाव पूर्व-पश्चिम राजमार्गमा समेत परेको छ । तोडफोड र आगजनीको डरले पूर्व-पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई गन्तव्यमा पुर्याउन बाध्य भएका छन् ।

राजमार्ग सुचारु राख्न चोक चोकमा प्रहरी परिचालित छन् । दिउसो करिब तीन बजे लहान क्षेत्रमा जनमतका कार्यकर्ताले टायर बालेपछि कसहामा सयौं गाडी अलपत्र परेका छन् । बन्दीपुरदेख लहानसम्म प्रहरीले स्कटिङ गर्ने गरेको देखिएको छ।

औरही गाँउपालिकाले गहुंको बीउ लुकटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । आइतबार सिरहा आमहड्ताल गरेका उक्त पार्टीले आज जिल्लाभर चक्काजाम गरेको हो ।

आइतबार आमहड्तालको अवज्ञा गरेको भन्दै जनमतका कार्यकर्ताले चोहर्वामा ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी तथा मिर्चैया र गोलबजारमा दर्जनौं गाडी तोडफोड गरेका थिए ।

आन्दोलनमा प्रहरीले दमन गरेको,पक्राउ परेका किसान र जनमतका १४ जना नेतालाई प्रहरीले पक्राउ गरेको हो ।उनिहरुलाई रिहाको माग गर्दै आजसमेत चक्काजाम गरेको जनमत पार्टीले बताए ।पार्टीका अनुसार थप आन्दोलन गर्नको लागि किसान संघर्ष समिती र जनमत पार्टी सिरहाले निर्णय गर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]