२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मर्मत कार्य सुरु, धनुषाको पूर्वी भेगका जन्ताले पाए राहतको सास

Logo
प्रकाशित बिहिबार, साउन ०२, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम ।दिनहुँ हजारौं सवारी साधन आवतजावत गर्ने जनकपुर यदुकोहा सडक खण्ड सहिद पथ बल्ल सुचारु हुन लागेपछि धनुषाको पूर्वी भेगका जन्ताले राहतको सास लिनेभएको छ ।

पौडेश्वर स्थित जलाद पुलको पूर्व पट्टिको छेउको बाटो बाढिले बगाएपछि बाटाे अबरुद्ध भएको थियो । करिब हप्ता देखि अबरुद्ध सडक भोलिदेखी कामचालाउ सुरु हुने निर्माणकार्यमा सहभागी मजदुरहरुले बताए । समयमा सम्बन्धित स्थानीय जितेका जनप्रतिनिधिले ध्यान नदिएको कारण जलाद पुलको अवस्था यस्तो दैनिय बनेको र किसानहरुलाइ यति भारी मात्रामा क्षति भएको स्थानीयहरुको गुनासो रहेकोे छ ।

यता नेता राम असिश यादव र सांसद उमाशन्कर अर्गरियाले स्थलगत निरीक्षण गरेपछी बल्ल मर्मत सम्भारको कार्य सुरु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]