१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रदेश २ का ६ जिल्लामा भोलि चक्काजाम गर्ने जनमतको घोषणा

Logo
प्रकाशित मंगलबार, पुष १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ पुष । किसानको माग पूरा गराउनको लागि भोलि प्रदेश २ का ६ जिल्लामा चक्काजाम गर्ने डा सीके राउत नेतृत्वको जनमत पार्टीले घोषण गरेका छ्न।

किसानको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ।

किसान आन्दोलनको क्रममा सिरहामा पक्राउ परेका किसान नेताहरु रिहा भएपनि आन्दोलन जारी रहने जनाइएको छ।

विभिन्न माग राखि आन्दोलनमा उत्रिएका किसानहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बताएका छन्।

विभिन्न निकायले वार्ताको नाममा आन्दोलनलाई मत्थर पार्न खोजेको भन्दै संघीय मन्त्रिपरिषद्बाट उच्च स्तरीय वार्ता समिति गठन भए मात्र वार्ता हुने डा.राउतले स्पष्ट पारे।

किसानहरुको माग पुरा गराउन प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारालगायतका जिल्लामा बुधबार पनि चक्काजामको घोषणा गरिएको छ। बाँकी मोरङ्गदेखि बर्दियासम्मका जिल्लाहरुमा विरोधका विभिन्न कार्यक्रम भइरहेको छ।

किसानलाई समयमा मलखाध उपलब्ध गराउनु पर्ने, सिचाईको व्यवस्था हुनु पर्ने वा किसानलाई निःशुल्क बिजुली दिनु पर्ने, हावाहँुरी तथा बाढीबाट क्षति भएको बाली वपातको राहत दिनु पर्ने माग राख्दै जनमत पार्टीले आन्दोलन गरिरहेको छ।

किसानहरुको ठूलो जनसमर्थन देखिदै गएको आन्दोलनको मागमा कृषि उपजको मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नु पर्ने, किसानमाथि दमन बन्द गर्नु पर्नेलगायतको माग राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]