२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

किसानको माग पुरा गर्न सप्तरीको रुपनीमा प्रदर्शन

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

राजविराज, १५ पुष । सप्तरीको रुपनी बजारमा जनमत पार्टीले बुधवार प्रदर्शन गरेका छन् । किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै किसानहरुमाथी भएको दमनको बिरुद्धमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन हो।
किसानहरुको माग पुरा गराउन पार्टीले घोषणा गरिएको कार्यक्रम अनुसार आयोजना गरिएको कार्यक्रममा हजारौको संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरुको प्रदर्शनमा सहभागीता रहेको थियो । किसानलाई समयमा मलखाध उपलब्ध गराउनु पर्ने, सिचाईको व्यवस्था हुनु पर्ने वा किसानलाई निःशुल्क बिजुली दिनु पर्ने, हावाहँुरी तथा बाढीबाट क्षति भएको बाली वपातको राहत दिनु पर्ने जनमत पार्टीको माग रहेको छ । किसानहरुको ठूलो जनसमर्थन देखिदै गएको आन्दोलनको मागमा कृषि उपजको मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नु पर्ने, किसानमाथि दमन बन्द गर्नु पर्ने लगायतको माग समेत राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]