२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनमत पार्टीले गरियो : राजमार्ग अनिश्चितकालिन बन्दको घोषणा

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ पुष। जनमत पार्टीले किसान आन्दोलनलाई सशक्त पार्ने निर्णय गरेको छ । सरकारले माग पुरा गर्न चासो नदेखाएको निष्कर्ष निकाल्दै उक्त पार्टीले आन्दोलन सशक्त पारेको हो ।

बुधवार जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ । उनले जारी गरेको विज्ञप्तीमा मधेस पस्ने संघीय मन्त्रीको विरोध समेत गर्ने निर्णय भएको उल्लेख छ ।

मन्त्रीस्तरीय/उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको आरोप अध्यक्ष डा. राउतले लगाएका छन् ।

उनले भनेका छन्- आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनों राउन्ड अश्रुग्याँस चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]