१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सर्लाहीमा निषेधाज्ञा जारी

Logo
प्रकाशित शुक्रबार, पुष १६, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१६ पुष। सर्लाहीको ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा अझौ खुलेको छैन् । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको छ ।

गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहीवार बेलुकी साढे ७ बजेदेखि लागू हुने गरी भोलि शुक्रवार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । यसअघि थप गरिएको निषेधाज्ञा आज ७ बजेसम्मका लागि थियो ।

पीडित पक्षसँग मृतकलाई १० लाख रुपैयाँ दिने गरी ६ बुँदे सहमति भए पनि पीडित पक्षले शव बुझ्न आनाकानी गरेकाले शान्ति, सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]