२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

किसान आन्दोलनलाई उल्लंघन गरेको भन्दै धनुषामा जलाए ट्रक, अध्यक्षसहित ३ पक्राउ

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ पुष । किसान आन्दोलनलाई उल्लंघन गरेको भन्दै धनुषाको पूर्व-पश्चिम राजमार्गमा आन्दोलनकारीहरुले ट्रकमा आगो लगाएको छ ।

आज दिउँसो करिब ३:२० बजे गणेशमान चारनाथ नगरपालिका १ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा किसान आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरुले आगो लगाएका हुन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको छ।

आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ ।आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, जिल्ला सहसचिव नवीन पण्डित र चन्दन कुमार साह रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता एवम डिएसपी जीतेन्द्र कुमार बस्नेतले तीनै जनालाई ट्रकमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]