२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

मलखाद्य उपलब्ध गराउन र किसान आन्दोलनमा एक्यवद्धता जनाउन औरही पालिकालाई ज्ञापनपत्र

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८

जनकपुरधाम । किसानलाई गहु खेतीको लागि आवस्यक मलखाद्य उपलब्ध गराउन र देशै भरी चलिरहेको किसान आन्दोलनको माग सम्बोधनका लागी एक्यवद्धता जनाउन किसान आन्दोलन संघर्ष समितिले औरही गाउँपालिकालाई ज्ञापन पत्र दिएको छ।

हाम्रो देश कृषि प्रधान देश हो । तर यहाँ सदैब मलखाद्यको समस्या हुने गरेको छ। तसर्थ मल खाद्य उपलब्ध गराउन र आन्दोलनमा एक्यवद्धता जनाएर सरकारलाई माग सम्बोधनका लागि अपिल गरिदिन भन्दै ज्ञापन पत्र बुझाएको किसान आन्दोलनकारी नेता रामभुवन यादवले बताउनु भयो।

किसानको माग सम्बोधनका लागि उच्च स्तरीय बार्ता टोली गठन , मलखाद्यको वयवस्था , कृषि मिटरको विद्युत नि: शुल्क , उखु किसानको भुक्तानी लगायतका ११ बुंदे माग राख्दै अहिले किसानहरु देशै भरी आन्दोलन गरिरहेको छ। आन्दोलनलाई भने माननीय सांसद राजेन्द्र महतो , मधेशी पत्रकार समाज , मानव अधिकार रक्षक समाज लगायत विभिन्न स्थानीय तहका प्रमुखहरुले एक्यवद्धता जनाइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]