२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

संघीय कृषिमन्त्री यादवलाई किसान आन्दोलनकारीले लखेटे

Logo
प्रकाशित सोमबार, पुष २६, २०७८

न्यूजमधेश डेस्क
नेपालगन्ज, २६ पुष ।नेपाल सरकारका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटिएका छन।

मन्त्री यादवले सोमबार एक फ्याक्ट्रीको उद्घाटन गर्न बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन् ।

गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव बारे किसान आन्दोलनकारीहरुले जानकारी पाएलगतै आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए ।

किसान आन्दोलनकारीहरुले जनकारवाही गर्ने होहल्ला सुरु भएपछि मन्त्री यादवले कार्यक्रम बीचमै छोडेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा घेरामा पछाडिको बाटो हुँदै भागेको किसान नेता विष्णु यादवले बताएका छन् ।

जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री इस्तियाक राईले सुरु गरेको दाना फ्याक्ट्रीको उद्घाटन गर्न मन्त्री यादव नेपालगंज पुगेका थिए।

तराई मधेशका जिल्लामा विगत दुई सातादेखि मलखाद समयमा उपलब्ध गराउनु पर्ने, उखु किसानको रकम भुक्तानी हुनु पर्ने, कृषिकलाई निःशुल्क विजुली दिनु पर्ने, किसानलाई पेन्सन दिनु पर्ने र किसान कार्डको व्यवस्था गर्नु पर्नेलगायतको माग राख्दै आन्दोलन भइरहेको छ ।

सोही आन्दोलनका क्रममा संघीय सरकारका मन्त्रीहरुलाई तराई मधेशका जिल्ला प्रवेशमा रोकलगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]