२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

कोरोनाको बहानामा किसान आन्दोलन रुक्दैन : उपाध्यक्ष खान

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ पुस। कोरोना महामारीको बहानामा किसान आन्दोलन नरोकिने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताएको छ।

उपाध्यक्ष खानले भोलि किसान महारैलीको सम्पुर्ण तयारी सम्पन्न भएको उनले बताए।धनुषाको सदरमुकाम जनकपुरसहित प्रत्येक जिल्लाको सदरमुकाममा किसान महारैलीमा किसानहरुको ठूलो उपस्थिति रहने नेता खानले भने।

उनले सरकारले उच्च स्तरिय वार्ता टोली बनाएर किसानहरुसंग वार्ता नगरेसम्म किसान आन्दोलन नरोकिने बताएका हुन् । उनले भनेका छन्- सरकारको कुनै नियम र कानुन लागु हुँदैन र आन्दोलन जारी रहन्छ ।

किसान आन्दोलनलाई कमजोर ठान्ने र किसान महारैलीमा सहभागी हुन आउने किसानहरुलाई यदि प्रहरीले कतै रोक्ने प्रयास गरियो ।भने त्यहाँ जेपनि हुन सक्छ ।यसलाई आन्दोलनलाई अपमानित गर्ने काम कसै-कतैबाट प्रयास गरियो भने देशका लागि दुर्भाग्य हुने उनले भनेका छ्न। उनले किसानको जाय माग पुरा गर्न र समृद्ध देश निर्माण गर्ने अभियानमा जुट्न सम्पूर्ण पक्षसँग अपिल समेत गरेका छन् ।

जनमत पार्टीले किसानलाई मलखाद समयमा सहज रुपले उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदै माग राखेर आन्दोलनरत छ ।

यता ,जनमत पार्टी धनुषाले किसानहरुको महार्यालीमा भोलि ११ बजे जनकपुरधाममा युवा,विद्यार्थी ,बुद्धिजीवी ,समाजसेवीसहित सम्पुर्ण धनुषाबासीलाई किसान महार्यालीमा सहभागी हुनको लागि आग्रह गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]