२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

अटो रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

न्यूजमधेश डेस्क
पर्सा ,२९ पुष । अटो रिक्सा चालकको हत्या आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

भारत बिहार वैशाली ग्रामपञ्चायत घर भई वीरगन्ज(३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँको पुस २१ गते हत्या भएको थियो।

उनको शव नारायणी बयोधा अस्पतालको पछाडिपट्टी नहरमा फेला परेको थियो।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत बिहार पूर्वी चम्पारण मोतिहारी(६ घर भई हाल छप्कैया बस्दै आएका अटो रिक्सा चालक ३० वर्षीय सुनिल कुमारलाई पक्राउ गरेको छ।

यसैगरी, बारा परवानीपुर(५ का २२ वर्षीय निकेश पटेल, बिहार मुंगेर थाना हवेली खठपपुर गाम बैजपुर(३ घर भई छप्कैया बस्दै आएका ५५ वर्षीय सपन मण्डल, बिहार घर भई वीरगञ्ज(२ बस्दै आएका ३५ वर्षीय नाजिर हुसैन र छप्कैयाकै ५० वर्षीय बाबर हुसैन छन्।

प्रहरीले बुधबार बेलुका उनीहरूलाई घरबाटै पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेकामध्ये नाजिर र बाबर मतियारको रूपमा हत्यामा संलग्न भएको बस्नेतले बताए।हत्या भएका मुख्तर श्रीमती, तीन छोरी र एक छोरासाथ वीरगन्जमा बस्दै आएका थिए।

प्रहरीले आरोपितको साथबाट घटनामा प्रयोग भएको फलामको रेञ्च, मास्क, रगत लागेको सर्ट, ज्याकेट, जुत्ता, मृतकको अटो बरामद गरेको छ।

घटनामा संलग्न अर्का एक आरोपी भारतीय नागरिक फरार रहेको बस्नेतले जानकारी दिए।

अनुसन्धान अनुसार सपन मण्डल र मुख्तार मियाँ एउटै घरमा भाडामा बस्दै आएका थिए। घटनाभन्दा केही दिनअगाडि सपन र मुख्तारबीच झगडा भएको थियो।

झगडाको क्रममा सपनले मुख्तारलाई मारेर लाश गायब बनाइदिने धम्की दिएका थिए।भोलिपल्टै सपनले मुख्तारलाई मार्ने योजना बनाएर रक्सौल जाने काम छ भनी लैजान खोजेका थिए।

तर, मुख्तारले इन्कार गरेपछि सुनिल कुमारलाई भेटेर मुख्तारलाई मार्न अटो रिक्सा किनिदिने आश्वासन दिएका थिए।

उनले सुनिललाई ५० हजार रुपैयाँ सुपारी दिएका थिए। त्यो पैसाले सुनिलले अटो रिक्सा किने।‘सुनिल कुमारले तत्काल योजना बनाई भारत बस्ने साथी र पहिले आफूसँगै कार्टुन फ्याक्ट्रीमा मिस्त्री काम गर्दा चिनेको साथी निकेशलाई बोलाएको देखिएको छ,’ प्रहरी उपरीक्षक बस्नेतले भने।

योजना अनुसार २१ गते साँझ ती व्यक्ति र निकेश अटो रिक्सा रोकेर बसिरहेका मुख्तारसँग पुगे।

गण्डकबाट प्रसूतिको बिरामी नारायणी बयोधा अस्पतालसम्म ल्याउनुपर्ने भन्दै उनीहरूले ५ सय रुपैयाँ दिए।

रिक्सा चलाउँदै हिँडिरहेका मुख्तारलाई अस्पताल पछाडि पुगेपछि सुनिल, निकेश र ती व्यक्तिले फलामको रेन्चले टाउकोमा प्रहार गरेका थिए।

मुख्तारको मृत्यु भएपछि शव नहरमा उत्तानो फालेर फालिदिएको प्रहरी उपरीक्षक बस्नेतले बताए।

‘ती व्यक्ति अहिले फरार छन्, उनको खोजी भइरहेको छ,’ प्रहरी उपरीक्षक बस्नेतले भने, ‘घटनास्थलबाट केही वर आएर उनीहरूले रेन्च र रगत लागेको सर्ट फालेका थिए। मृतकको रिक्सा बारा फेटा गाउँपालिका(४ पिलाहास्थित सडकमा फालेका थिए।

रिक्सा त्यहाँ पुर्‍याउन नाजिर र बाबरले सहयोग गरेको बस्नेतले बताए।

प्रहरीले हत्या आरोपमा पक्राउ परेका सबैलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]