१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

घुससहित पक्राउ परेका उपसचिव भ्रष्टाचारी ठहर

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० पुष। विशेष अदालतले घुससहित पक्राउ परेका एक उपसचिवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उपसचिव लिला अधिकारीलाई दोषी ठहर गरेको हो ।

बूढानीलकण्ठ नगरपालिका कार्यालय काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका अधिकारी ५ लाख घुससहित पक्राउ परेका थिए । अधिकारीलाई अख्तियारको टोलीले २७ चैत २०७४ मा पक्राउ गरेको थियो । अधिकारीविरुद्ध २३ वैशाख २०७५ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनीसँगै पक्राउ परेका नगरपालिका इन्जिनियर विजेन्द्र श्रेष्ठलाई पनि अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

उनीहरूले बूढानीलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङकी निर्माण कार्य सम्पन्न गरेपश्चात् कार्य अनुभवपत्र लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

विद्युत् प्राधिकरणको ललितपुर सब स्टेसन प्रमुख घुससहित पक्राउ नेपाल विद्युत् प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सब–स्टेसन पाटनका प्रमुख १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । ललितपुर सब–स्टेसनको प्रमुखका रूपमा कार्यरत सुपरभाइजर पाँचौं तहका सोमप्रसाद पहाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।राजधानी दैनिकमा छापिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]