२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

जनकपुरमा किसान महार्यालीमा ओर्लियो जनसागर ( फोटो फिचर )

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० पष।प्रदेश २ का अस्थायी राजधानी जनकपुरमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजारसहित प्रदर्शन गरेको छ ।

जनमत पार्टी धनुषाको आयोजनामा भएको किसान महार्यालिमा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्तासहित किसानहरुले कृषि औजारसहित प्रदर्शन गरेका हुन् ।

कृषि औजार कोदालो,हसुवा,खुरपी,लहरीको पोट,ढक्किया, हलोलगायतका समाग्री बोकेर ¥यालीसहित गाउँ गाउँबाट हजारौंको संख्यामा धनुषा जिल्लाको सदरमुकाम जनकपुरको रामानन्द चौकमा पुगेर किसान महार्यालिमा किसानहरु सहभागी भएका थिए।

जनकपुरको रामनन्द चौकबाट सुरु भएका किसान महार्याली जिरोमाइल,तपसी चोक,मुरली चौक,कदम चौक,भानु चौक हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरी जनक चौकमा पुगेर कोणसभामा परिणत गरेका थिए।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मल र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य तोक्नु पर्ने,किसान आन्दोलनमा पक्राउ परेका आन्दोलनकारीहरुलाई रिहाईको माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लाको सदरमुकाममा आज किसान महार्याली निकालिएको हो।

करिब तीन सप्ताहदेखि आन्दोलित किसानको जायज मागहरूलाई सरकारले कुनै वास्ता नगरीको र उल्टै किसान आन्दोलनमाथि दमन गरेको छ।किसान आन्दोलनमा गोलि चलाएको सो गोलिबाट ५ जना आन्दोलनकारीहरु घाइतेसमेत भएको जनमत पार्टीकि राष्ट्रिय सचिव अनिता साहले बताएकी छिन् ।

कोणसभालाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले किसानको माग सम्बोधन गराउनको लागि आफुहरु गोलि पनि खान तयार रहेको बताएको छ।

उपाध्यक्ष खानले सरकारविरुद्ध हुने महाआन्दोलनमा सहभागिताका लागि सबैलाई आग्रह गरेका थिए।

उनले एसीमा बसेका बहिरा सरकारलाई किसानको समस्याबारे केही थाहा नरहेको र यिनीले आफूहरूको आन्दोलन भाँड्न लागिपरेकोले किसान विरोधी सरकारसँग आफ्नो अधिकारका लागि तयार रहन सहभागीहरुलाई आग्रहसमेत गरेका हुन ।

उपाध्यक्ष अब्दुल खानले यो सरकारले किसानको समस्या समाधान नगरे सत्तामा बसेकाहरुलाई जनकारवाही गर्न सहभागीसँग अपिल गरे ।

उक्त कोणसभामा जनमत पार्टीको राष्ट्रिय सचिव अनिता साह,केन्द्रिय सदस्य इन्द्रजित यादव,किसान आन्दोलनकारी बालकृष्ण साह,प्रेस जनमत संघका राष्ट्रिय अध्यक्ष बीपी साहले किसानको माग पुरा नभए यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]